<p style="text-align:justify">काठमाडौं । प्रभु बैंकले शेयरधनीलाई पुरानो नगद लाभांश लिन अनुरोध गरेको छ । बैंकले सूचना प्रकाशित गरी साबिक सेञ्चुरी कमर्सियल बैंक, अरनिको डेभलपमेन्ट बैंक, इन्नोभेटिभ डेभलपमेन्ट बैंक, सगरमाथा फाइनान्स, अल्पाइन डेभलपमेन्ट बैंक र सेती फाइनान्सको नगद लाभांश लिन बाँकी शेयरधनीहरूलाई भुक्तानी लिन आउन अनुरोध गरेको हो ।&nbsp;</p>

<p style="text-align:justify">हाल यी बैंक तथा वित्तीय संस्था प्रभु बैंकका गाभिएका छन् । बैंकले नगद लाभांश संकलन गर्न आवश्यक कागजपत्रसहित काठमाडौंको कमलादीस्थित शेयर रजिस्ट्रार प्रभु क्यापिटलमा सम्पर्क गर्न अनुरोध गरेको छ ।</p>

<p style="text-align:justify"><a href="https://sharemarket.abhiyandaily.com/announcement-detail/notice-about-collecting-uncollected-dividend:-prabhu-bank-ltd">सूचना हेर्न यहाँ क्लिक गर्नुहोस्</a></p>

Source link

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0