कोशी प्रदेशको मुख्य न्यायधिवक्ता सुनसरी बराह क्षेत्र नगरपालिका –३ का अधिवक्ता बुद्धिबहादुर कटुवाल नियुक्त भएका छन्।

मुख्यमन्त्री उद्धव थापाको सिफारिसमा सोमबार प्रदेश प्रमुख पर्शुराम खापुङले उनलाई मुख्य न्यायाधिवक्ता नियुक्त गरेका हुन्।

मुख्यमन्त्री थापाले नेपालको संविधानको धारा १६० को उपधारा २ बमोजिम कटुवाललाई मुख्य न्यायाधिवक्ता नियुक्तिको लागि प्रदेश प्रमुखलाई सिफारिस गरेका थिए।

मुख्य न्यायधिवक्ता कटुवालले सोमबार नै पद तथा गोपनीयताको शपथग्रहण गरेको प्रदेश प्रमुखको कार्यालयले जनाएको छ। प्रदेश प्रमुखको कार्यालयका प्रवक्ता नरेन्द्रकुमार श्रेष्ठका अनुसार मुख्य न्यायधिवक्ता कटुवालले प्रदेश प्रमुखको उपस्थितिमा उच्च अदालत विराटनगरका कामु मुख्य न्यायाधीश सत्यमोहन जोशी थारु समक्ष पद तथा गोपनीयताको शपथ ग्रहण गरेका थिए।

पूर्व मुख्यमन्त्री हिक्मतकुमार कार्कीको सिफारिसमा मुख्य न्यायाधिवक्ता नियुक्त भएका गजेन्द्र आचार्यले प्रदेश प्रमुख खापुङ समक्ष गत असार २२ गते पदबाट राजीनामा दिएका थिए।

प्रकाशित: २९ श्रावण २०८० १५:१० सोमबार

Source link

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0