प्रधानमन्त्री पुष्पकमल दाहालले उद्योगी तथा व्यवसायीमा सरकारका तर्फबाट लगानीका लागि विश्वासको वातावरण बनाउने बताएका छन्।

प्रधानमन्त्रीले उद्योग व्यवसायको प्रवर्द्धनका लागि विश्वासिलो वातावरण बनाउन सरकारका तर्फबाट आवश्यक पहल लिने र आवश्यक निर्णयसमेत गरिने स्पष्ट पारे।

उद्योगी व्यवसायीका तीनवटा छाता सङ्गठनका पदाधिकारीसँग आज आयोजित छलफलमा उनले व्यावसायिक वातावरण बनाउन र निजी क्षेत्रले उठाएका माग सम्बोधन गर्ने प्रतिबद्धता व्यक्त गरेका नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले जानकारी दिए।

अध्यक्ष ढकालका अनुसार सो अवसरमा प्रधानमन्त्री दाहालले जग्गा कित्ताकाटका सम्बन्धमा समेत मङ्गलबार आवश्यक निर्णय लिइने बताए। सरकारले यसअघि नै जग्गा कित्ताकाट खुलाउने निर्णय गरेको थियो। यद्यपि केही प्राविधिक जटिलताका कारण सो निर्णय कार्यान्वयन हुन सकेको थिएन।

आजको भेटमा प्रधानमन्त्री दाहालले जग्गामा कित्ताकाट खुलाउने यसअघिको निर्णय तत्काल कार्यान्वयनमा जाने बताए।

अर्थतन्त्र चलायमान गराउने ध्येयका साथ मन्त्रिपरिषद्ले यसअघि नै कित्ताकाट खुलाउने निर्णय गरेको भए पनि कार्यान्वयनमा जान सकेको थिएन। अध्यक्ष ढकालका अनुसार प्रधानमन्त्री दाहालले जग्गा कित्ताकाटलगायत अन्य विषयसमेत कार्यान्वयनमा जाने बताएका थिए।

निजी क्षेत्रलाई साथमा लिएर नै आर्थिक समृद्धिको यात्रामा अगाडि बढ्ने विश्वास दिलाउँदै प्रधानमन्त्री दाहालले अर्थतन्त्र चलायमान बनाउन सरकारले ठोस कदम चाल्ने बताए। 

विभागीय मन्त्री, सरकारी अधिकारी र निजी क्षेत्रका प्रतिनिधिबीचको संयुक्त बैठकमा प्रधानमन्त्री दाहालले अर्थतन्त्रमा क्रमशः सुधार आए पनि जनतामा विश्वास जाग्ने गरी सुधार ल्याउन अर्थतन्त्र चलायमान बनाउन अनिवार्य रहेको उनको भनाइ थियो।

प्रकाशित: २९ श्रावण २०८० २०:५० सोमबार

Source link

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0