काठमाडौं । आरम्भ चौतारी लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आवको चौथो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ । उक्त वित्तीय विवरण अनुसार कम्पनी गत आवको चौथो त्रैमाससम्ममा रू. २ करोड ५९ लाख नोक्सानीमा रहेको छ । अघिल्लो आवको चौथो त्रैमाससम्ममा भने कम्पनी रू. ३ करोड ५० लाख नाफामा थियो ।

गत आवमा कम्पनीको इम्पेयरमेन्ट चार्ज र गैर सञ्चालन खर्च बढेकाले नोक्सानीमा गएको हो । अघिल्लो अघिल्लो आवमा कम्पनीको इम्पेयरमेन्ट चार्ज रू. ७ लाख ३५ हजार रहेकोमा गत आवमा बढेर रू.२ करोड ४१ लाख पुगेको छ । त्यस्तै कम्पनीको गैरसञ्चालन खर्च अघल्लो आवमा रू. ३ करोड ९२ लाख रहेकोमा गत आवमा बढेर रू. ८ करोड ४७ लाख पुगेको हो ।

कम्पनीको चुक्ता पूँजी रू. ३६ करोड ७१ लाख रहेको छ । जगेडामा कम्पनीले रू.१७ करोड ३८ लाख सञ्चिती गरेको हो । कम्पनी नोक्सानीमा भएसँगै प्रतिशेयर आम्दानी ७ रुपैयाँ ०८ पैसा ऋणात्मक रहेको छ । त्यस्तै कम्पनीको तरलता अनुपात ८ दशमलव ८६ प्रतिशत र प्रतिशेयर नेटवर्थ रू. १३४ दशमलव १६ रहेको छ ।

रिपोट हेर्न यहाँ क्लिक गर्नुहोस