<p style="text-align:justify">काठमाडौं । नेपाली बजारमा सोमवार सुनको मूल्य प्रतितोला २०० रुपैयाँले बढेको छ ।&nbsp;</p>

<p style="text-align:justify">नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितला १ लाख ११ हजार ३०० रुपैयाँमा कारोबार हुँदैछ । अघिल्लो दिन अर्थात् आईतवार सुन प्रतितला १ लाख ११ हजार १०० रुपैयाँमा कारोबार भएको थियो ।</p>

<p style="text-align:justify">त्यसैगरी आज चाँदीको मूल्य भने स्थिर रहेको छ । आज सुन प्रतितोला १ हजार ३७५ मा कारोबार हुँदैछ। अघिल्लो दिन पनि चादी सोही मूल्य मा कारोबार भएको थियो ।&nbsp;</p>

<p style="text-align:justify">आज अन्तर्राष्ट्रिय बजारमा पनि सुनको मूल्य घटेको छ । आज सुन प्रतिऔंस १ हजार ९१२ डलरमा कारोबार हुँदैछ ।</p>

Source link

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0