काठमाडौं । रुरु जलविद्युत परियोजना लिमिटेडले गत आवको चौथो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ । उक्त वित्तीय विवरण अनुसार कम्पनीको खुद नाफा अघिल्लो आवको चौथो त्रैमासको तुलनामा गत आवको सोही अवधिमा २६ प्रतिशत घटेको छ ।

कम्पनीले अघिल्लो आवको चौथो त्रैमाससम्ममा रू. ९ करोड ३० लाख नाफा कमाएकोमा गत आवमा रू. ६ करोड ८८ लाखमा झरेको हो । गत आवमा कम्पनीको विद्युत विक्री आम्दानी घटेसँगै नाफा घटेको हो । अघिल्लो आवमा कम्पनीले विद्युत विक्री बापत रू. १६ करोड १९ लाख आम्दानी ग।रेकोमा गत आवमा घटेर रू. १३ करोड ४९ लाखमा झरेको छ ।

नाफा घटेसँगै कम्पनीको प्रतिशेयर आम्दानी पनि घटेको छ । अघिल्लो आवमा कम्पनीको प्रतिशेयर आम्दानी २० रुपैयाा ७६ पैसा रहेकोमा गत आवमा घटेर १३ रुपैयाँ ९५ पैसामा झरेको हो । गत आवमा कम्पनीको प्रतिशेयर नेटवर्थ रू. १३२ दशमलव २८ रहेको छ ।

चुक्ता पूँजी रू. ४९ करोड ३३ लाख रहेको कम्पनीले जगेडामा रू.१५ करोड ९२ लाख सञ्चिती गरेको छ ।

रिपोट हेर्न यहाँ क्लिक गर्नुहोस

Source link

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0