<p style="text-align:justify">काठमाडौं । कुमारी क्यापिटल लिमिटेडले भदौ २१ गते पाँचौ वार्षिक साधारण सभा बोलाएको छ । कुमारी बैंकको केन्द्रिय कार्यालय टंगाल, काठमाडौंमा साझ ५ः३० बजे सभा गर्ने तयारी गरेको हो ।</p>

<p style="text-align:justify">सभाले गत आर्थिक वर्ष ०७९/८० को वार्षिक प्रतिवेदन सहितका वित्तीय विवरणहरू पारित गर्नुका साथै चालू आर्थिक वर्षको वार्षिक लेखापरिक्षणका लागि लेखापरिक्षक नियुक्ती र निजको पारिश्रमिक निर्धारण समेत गर्नेछ । क्यापिटलको शेयरधनीहरूका लागि १५ प्रतिशत कर समेत नगद लाभांश वितरण गर्ने प्रस्तावलाई समेत सभाले स्वीकृति प्रदान गर्नेछ ।</p>

<p style="text-align:justify">कम्पनीले नगद लाभांश वापत ६ करोड रूपैयाँ वितरण गर्न लागेको हो । यस कम्पनी र अन्य कुनै कम्पनीसँग मर्जर तथा प्राप्ति गर्ने विषय समेत सभाका लागि तय भएको छ । आगामी दिनमा अन्य कुनै कम्पनीसँग मर्जर तथा प्राप्तिमा जाने भएमा त्यसको सम्पूर्ण जिम्मेवारी सञ्चालक समितिलाई दिने निर्णय समेत सभाले गर्नेछ ।</p>

<p style="text-align:justify">&nbsp;</p>

Source link

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0