संखुवासभा- संखुवासभाको कारागारभित्र दुई कैदीको हत्या प्रकरणमा पक्राउ परेका प्रहरी सहायक निरीक्षक (असई) लक्ष्मी चौधरी पक्राउ परेका छन् ।

प्रहरी सहायक निरीक्षक चौधरीलाई आइतबार पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । प्रहरी साहयक निरिक्षक चौधरीलाई पक्राउ गरी जिल्ला अदालत संखुवासभा बाट ५ दिन हिरासतमा राख्ने अनुमति लिएको जिल्ला प्रहरी कार्यालय संखुवासभाका सुचना अधिकारी प्रहरी निरीक्षक सरोज खनालले जानकारी दिनुभयो ।

कैदी मृत्यु प्रकरण मुछिएका कारागार सुरक्षा इन्चार्ज (असई) चौधरीलाई आइतबार ५ दिन म्याद थप गरेर अनुसन्धान भइरेहको प्रहरी निरिक्षक खनालले बताउनभयो ।

पीडितले दिएको किटानी जाहेरीका आधारमा सहायक निरीक्षक चौधरीसहित कारागार निमित्त प्रमुख राजेन्द्र घिमिरे विरुद्ध जिल्ला अदालत संखुवासभाले पक्राउ अनुमति जारी थियो ।

कुटपिटबाट संखुवासभा मादी नगरपालिका – ५ का २० बर्षीय विनोद तोलांगी र नुवाकोटको ककनी गाउँपालिका–७ का २८ वर्षीय आकाश बलामीको बुधबार बिहान मृत्यु भएको थियो ।

शनिबार जिल्ला प्रहरी कार्यालय संखुवासभामा कारागार निमित्त प्रमुख (जेलर) राजेन्द्र घिमिरे र असई लक्ष्मी चौधरीविरूद्ध जाहेरी परेको थियो । उक्त जाहेरी परेपछि प्रहरीले कारागारका निमित्त प्रमुख घिमिरे र चौधरी विरूद्ध अदालतबाट पक्राउ अनुमति लिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

प्रहरीले कारागारका निमित्त प्रमुख घिमिरेलाई भने पक्राउ गरिसकेको छैन । यस घटनामा अन्य व्यक्तिहरूको पनि संलग्नताबारे अनुसन्धान गरिरहेको कार्यालयले जनाएको छ ।

पक्राउ परेका चौधरीमाथि अनुसन्धान भइरहेको छ । पक्राउ पुर्जी जारी भएका कारागारका निमित्त प्रमुख घिमिरेलाई पक्राउ गरेर अनुसन्धान बढाइने प्रहरीले जनाएको छ ।

कुटपिट बाट मृत्यु भएको कैदी संखुवासभाको मादी –५ का तोलाङ्गी र नुवाकोटको ककनी गाउँपालिका–७ का बलामीले आफन्तले ६ दिनपछि शव बुझेका छन् ।

किटानी जाहेरीपछि शनिबार शवको पोस्टमार्टम थियो । प्रहरीले घटनामा संलग्नको भएको आरोप लागेका कारागारका निमित्त प्रमुख घिमिरे र असई चौधरीको नाम सार्वजनिक गरेपछि आज शव बुझेका हुन् ।

Source link

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0