काठमाडौं । मोलुङ्ग हाइड्रोपावर कम्पनी लिमिटेड गत आर्थिक वर्षको चौथो त्रैमाससम्म १ करोड १४ लाख रुपैयाँभन्दा बढी खुद नोक्सानीमा रहेको छ ।

अघिल्लो वर्ष सो अवधिसम्म ५५ लाख ४६ हजार खुद नाफा गरेको कम्पनी यस वर्ष भने खुद नोक्सानीमा गएको हो । अघिल्लो वर्षको तुलनामा गत वर्ष कम्पनीको आम्दानी घटेकाले खुद नाफामा असर गरेको हो । अघिल्लो वर्ष ३ करोड ७२ लाख रुपैयाँभन्दा बढी आम्दानी गरेको कम्पनीले गत वर्ष ३ करोड १४ लाख रुपैयाँभन्दा बढी आम्दानी गरेको हो ।

कम्पनीको सञ्चालन नाफा अघिल्लो वर्ष १ करोड ४१ लाख रुपैयाँभन्दा बढी रहेकोमा गत वर्ष ८९ लाख रुपैयाँभन्दा बढी मात्र भएको हो । हाल कम्पनीको चुक्ता पूँजी ८० करोड २५ लाख रुपैयाँभन्दा बढी छ भने रिटेन्ड अर्निङ १९ करोड ४१ लाख रुपैयाँभन्दा बढी ऋणात्मक छ ।

दीर्घकालीन कर्जा ६० करोड २५ लाख रुपैयाँभन्दा बढी रहेको कम्पनीको अल्पकालीन कर्जा भने ३ करोड ४३ लाख रुपैयाँभन्दा बढी छ । १ रुपैयाँ ४२ पैसा प्रतिशेयर नोक्सानीमा रहेको कम्पनीको प्रतिशेयर नेटवर्थ भने ७५ रुपैयाँ ८० पैसा छ ।

रिपोर्ट हेर्न यहाँ क्लिक गर्नुहोस्

Source link

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0