काठमाडौं । सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्ष (आव)को चौथो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ । उक्त वित्तीय विवरण अनुसार कम्पनीको खुद नाफा अघिल्लो आवको चौथो त्रैमासको तुलनामा गत आवको सोही अवधिमा ९८ दशमलव ६७ प्रतिशत घटेको छ ।

अघिल्लो आवमा कम्पनीले रू. ३ करोड १ लाख नाफा कमाएकोमा गत आवमा रू. ४ लाखमा झरेको छ । गत आवमा कम्पनीको खराब कर्जा उल्लेख्य बढेसँगै सम्भावित जोखिम बापतको व्यवस्थामा धेरै रकम छुट्याउनु परेका कारण नाफा प्रभावित भएको हो ।

अघिल्लो आवमा कम्पनीको निष्क्रिय कर्जा ५ दशमलव ०६ प्रतिशत रहेकोमा गत आवमा बढेर ९ दशमलव ०५ प्रतिशत पुगेको छ । त्यस्तै कम्पनीले अघिल्लो आवमा सम्भावित जोखिम बापतको व्यवस्थामा रू. ५० लाख ९३ हजार छुट्याएकोमा गत आवमा रू. २ करोड ८० लाख छुट्याएको हो । सोही कारण कम्पनीको सञ्चालन नाफा रू. २ करोड ६१ लाख ऋणात्मक रहेको छ ।

कम्पनीको चुक्ता पूँजी रू. १४ करोड ५२ लाख रहेको छ । कम्पनीले जगेडामा रू. ७ करोड ४८ लाख सञ्चिति गरेको छ । कम्पनीको प्रतिशेयर आम्दानी २८ पैसा, तरलता अनुपात ३७ दशमलव ५६ प्रतिशत र प्रतिशेयर नेटवर्थ रू. १५१ दशमलव ५८ रहेको छ ।

रिपोर्ट हेर्न यहाँ क्लिक गर्नुहोस्