काठमाडौं । स्वाभिमान लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आवको चौथो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ । उक्त वित्तीय विवरण अनुसार कम्पनीले गत आवको चौथो त्रैमाससम्ममा रू. २ करोड १६ लाख नाफा कमाएको छ । यो नाफा अघिल्लो आवको चौथो त्रैमासको तुलनामा भने ४६ प्रतिशत कमि आएको हो । सो अवधिमा कम्पनीले रू. ४ करोड ३ लाख नाफा कमाएको थियो । गत आवमा कम्पनीको सञ्चालन नाफा र खुद ब्याज आम्दानी घटेकाले नाफा घटेको हो । अघिल्लो आवको तुलनामा गत आवमा कम्पनीको खुद ब्याज आम्दानी २६ प्रतिशत र सञ्चालन नाफा ४८ प्रतिशत घटेको छ ।

कम्पनीको चुक्ता पूँजी रू. १४ करोड ६१ लाख रहेको छ । कम्पनीले जगेडामा रू. ६ करोड ५८ लाख सञ्चिती गरेको छ । त्यस्तै कम्पनीले रू. १ अर्ब ४२ करोड सापटि लिएर,रू. ६७ करोड १३ लाख निक्षेप संकलन गरेर रू. २ अर्ब ५ करोड भन्दा बढी कर्जा लगानी गरेको हो । कम्पनीको प्रतिशेयर आम्दानी रू. १४ दशलमव ७९, मूल्य आम्दानी अनुपात ७७ दशमलव ७७ गुणा,तरलता अनुपात ३३ दशलमव ३४ प्रतिशत र प्रतिशेयर नेटवर्थ रू. १५९ दशमलव ८७ रहेको छ ।

रिपोट हेर्न यहाँ क्लिक गर्नुहोस