<p style="text-align:justify">काठमाडौं। समृद्घि फाइनान्सका विभिन्न शाखाले वृक्षरोपण कार्यक्रम गरेका छन् । संस्थाका मधुवन, खगेन्द्रपुर, कसाह, जनकपुर, बनेपा र नारायणगढ शाखाले वृक्षरोपण कार्यक्रम गरेका हुन् । संस्थाको वृक्षरोपण अभियान साउनको पहिलो हप्तादेखि शुरू भएको हो । संस्थाका सबै शाखामार्फत वृक्षरोपण गर्ने अभियान अनुरूप सातओटा शाखाले यसअघि नै वृक्षरोपण कार्यक्रम सम्पन्न गरिसकेका छन् । यस वर्ष संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत हरेक महीना विभिन्न सामाजिक काम गर्ने योजना बनाएको संस्थाले जानकारी दिएको छ । संस्थाले हाल १३ शाखामार्फत आरटीजीएस, आइपीएस, कनेक्ट आइपीएस, रेमिट्यान्स, क्लियरिङ, डेबिट कार्ड, क्यूआर कोड जस्ता डिजिटल सुविधा सहितका सेवा प्रदान गर्दै आएको छ ।</p>
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1