<p style="text-align:justify">काठमाडौं। सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र बुटवलको कालिकानगरस्थित चौराह हस्पिटलबीच छूटसम्बन्धी सम्झौता भएको छ । सम्झौतापश्चात् बैंकका कार्डवाहकले हस्पिटलका सेवामा १० प्रतिशतसम्मको छूट पाउने भएका छन् । यस सहकार्यबाट बैंकका ग्राहक लाभान्वित हुनुका साथै नगद कारोबारबाट डिजिटल कारोबारतर्फ उत्प्रेरित हुने विश्वास बैंककोे छ । बैंकले डिजिटल बैंकिङको प्रयोगलाई बढाउन र ग्राहकलाई डिजिटल भुक्तानी प्रोत्साहन गर्न समय समयमा ग्राहकमैत्री सुविधा सञ्चालनमा ल्याउँदै आएको छ । बैंकले १८८ शाखा, १४७ एटीएम, ३ विस्तार काउन्टर र ९७ शाखारहित बैंकिङ इकाईमार्फत सेवा प्रदान गर्दै आएको छ ।</p>

Source link

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0