प्रधानमन्त्री पुष्प कमल दाहालले मन्त्रिपरिषद् हेरफेर गर्ने तयारी गरेका छन्।

प्रधानमन्त्री दाहालले मन्त्रिपरिषद् हेरफेर गरेर जनमत पार्टीलाई सरकारमा सहभागी गराउन लागेका हुन् । प्रधानमन्त्रीले  जनमत पार्टीबाटअनिता देवी साहलाई आज मन्त्री नियुक्त गर्ने तयारी गरेको बुझिएको छ।

जनमतले पार्टीबाट सांसद अनिता देवी साहलाई मन्त्रीका लागि यसअघि नै सिफारिस गरिसकेको छ।माओवादी केन्द्रबाट मन्त्री भएकामध्ये एकलाई हटाएर जनमतकी अनिता देवीलाई मन्त्री नियुक्त गर्ने प्रधानमन्त्री दाहालले तयारी गरेका छन । 

प्रकाशित: २८ श्रावण २०८० ०८:१२ आइतबार

Source link

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0