<p style="text-align:justify">काठमाडौं । एनआईसी एशिया बैंक लिमिटेडले &lsquo;अठोट घर कर्जा, अठोट साना व्यवसाय कर्जा र अठोट शेयर धितो कर्जा&rsquo; गरी तीन कर्जा योजना सार्वजनिक गरेको छ । बैंकले न्युनतम रू. २५ लाखदेखि अधिकतम रू. १२ करोडसम्मको अठोट घर कर्जा योजना ल्याएको हो । २५ वर्षसम्मको कर्जा अवधि रहेको यस कर्जा न्युनतम ब्याजदरमा उपभोग गर्न सक्ने बताइएको छ । व्यवसाय सञ्चालन तथा विस्तार गर्न ल्याएको अठोट साना व्यवसाय कर्जामा न्यूनतम रू. २५ लाखदेखि अधिकतम रू. ५ करोडसम्म कर्जा उपलब्ध हुने बैंकको भनाइ छ । अधिकतम १५ वर्ष कर्जा अवधि कायम गरिएको यस कर्जामा न्यूनतम ब्याजदर कायम गरिएको बैैंकले जानकारी दिएको छ । त्यसैगरी बैंकले ल्याएको न्युनतम रू. ५० लाखदेखि अधिकतम रू. १२ करोडसम्मको अठोट शेयर धितो कर्जाको हकमा समेत आकर्षक तथा न्यूनतम ब्याजदर लाग्ने यस कर्जामा १ वर्षको भुक्तानी अवधि रहेको र वार्षिक रूपमा नवीकरण गर्न सकिने सुविधा रहेको बताइएको छ ।</p>

Source link

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0