२०८० साउन, २७
 
समाचार

अभियान संवाददाता
काठमाडौं । सोशल मिडिया प्लेटफर्म X बाट पनि भिडियो कल गर्न सकिने भएको छ । कम्पनीकी प्रमुख कार्यकारी अधिकृत लिन्डा याकारिनोले सीएनबीसीलाई दिएको अन्तर्वार्तामा यो कुरा पुष्टि गरेकी हुन् ।
एलोन मस्क X लाई एक ‘एभ्रिथिंग एप’ बनाउन चाहन्छन् जसमा उनले भुक्तानी सेवा लगायतका अन्य सुविधाहरू थप्न लागेका छन्। मस्कले लिन्डा याकारिनो लाई एक्स प्लेटफर्ममा आगामी कलिङ फिचरको बारेमा जानकारी गराएका थिए।
मक्सले एउटा स्टाटस लेख्दै भनेका छन्, ‘छिट्टै तपाईले आफ्नो ह्याण्डलबाट जो कोहीलाई भिडियो र अडियो कल गर्न सक्नुहुनेछ । यो सुविधा मार्फत, तपाईले आफ्नो नम्बर साटासाट नगरी संसारको जुनसुकै ठाउँमा मानिसहरुसँग कुरा गर्न सक्नुहुनेछ। यद्यपि कम्पनीका मालिक र सीईओले भिडियो–अडियो कलहरू इन्क्रिप्टेड हुने वा नहुने खुलाएका छैनन् ।
एलोन मस्कले एक्सलाई गत वर्ष २७ अक्टोबर २०२२ मा ४४ बिलियन अमेरिकी डलरमा किनेका थिए। त्यसपछि मस्कले धेरै ठूला-ठूला निर्णयका कारण चर्चामा रहँदै आएका छन् ।
X खरिद गरेपछि, मस्कले पहिले कम्पनीका चार शीर्ष अधिकारीहरूलाई बर्खास्त गरे। जसमा सीईओ पराग अग्रवाल, वित्त प्रमुख नेड सेगल, कानूनी अधिकारी विजया गड्डे र सेन एजेट सामेल थिए। जब मस्कले एक्सको जिम्मेवारी लिएका थिए। करिब ७ हजार ५०० कर्मचारीहरू थिए । तर अहिले लगभग २ हजार ५०० मात्र बाँकी छन्।
त्यस्तै, नोभेम्बर २०२२ मा, मस्कले पूर्व अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प सहित धेरैका ब्लक खाताहरू अनब्लक गरे। मस्कले विश्वव्यापी रूपमा ब्लु सदस्यता शुरू गरेको छ। यसमा निलो टिक, लामो भिडियो पोस्टलगायत धेरै सुविधाहरू उपलब्ध गराउँदै लगे।
मस्कले पोष्टहरूको क्यारेक्टर सीमा २८० बाट २५ हजार पुर्याएका छन्। पोस्ट पढ्ने सीमा पनि लागू गरिएको छ। प्रमाणित प्रयोगकर्ताहरूले एक दिनमा दस हजार पोष्टहरू मात्र पढ्न सक्छन्। अप्रमाणित प्रयोगकर्ताहरूले एक हजार पोस्टहरू पढ्न सक्छन् । नयाँ अप्रमाणित प्रयोगकर्ताहरूले दैनिक ५०० पोस्टहरू पढ्न सक्छन् । जुलाई २४ मा, एलोन मस्कले सामाजिक सञ्जाल प्लेटफर्म ‘ट्विटर’ को नाम र लोगो परिवर्तन गरी एक्स राखे । एजेन्सी
प्रतिक्रिया [0]