
तेह्रथुम- तेह्रथुमको आठराई गाउपालिका–१ सक्रान्तीमा गाडिएको अवस्थामा एक महिलाको शव फेला परेको छ ।
गत साउन १४ गते घरबाट बेपत्ता भएकी २४ बर्षिय रेशिका श्रेष्ठको शव आफ्नै घर नजिकै गाडिएको अवस्थामा आज भेटिएको जिल्ला प्रहरी कार्यालय तेह्रथुमका प्रहरी निरीक्षक छिपिञ्जो भोटेले जानकारी दिनुभयो ।
घरायसी विवादपछि घर छोडेर भागेको भन्दै उनका श्रीमान राजकुमार श्रेष्ठ पनि केही दिन अघि बेपत्ता थिए । श्रीमान श्रीमती नै एकाएक हराएपछि रेशिकाको माईतीले खोजतलासका लागी ईलाका प्रहरी कार्यालय सक्रान्तीबजारमा खबर गरेका थिए ।
फरार श्रेष्ठको खोजी कार्य भईरहेको र घटनाबारे थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ । होटल व्यवशाय संचालन गर्दै आएका श्रेष्ठ दम्पतीको ६ बर्षिय छोरी समेत रहेको वडाध्यक्ष प्रेमराज लिम्बुले बताउनुभयो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1