२०८० साउन, २६
&nbsp



लगानी


Jagdamba Supershine
Image Not Found



author avatar
अभियान संवाददाता




काठमाडौं । नेपाल धितोपत्र बोर्ड (सेबोन)ले थप तीन नयाँ कम्पनीहरूलाई ब्रोकर लाइसेन्स प्रदान गरेको छ । बोर्डका प्रवक्ता मुक्ति श्रेष्ठका अनुसार जेबिएनएल सेक्यूरिटिज लिमिटेड, आरविवि सेक्यूरिटिज लिमिटेड र सिविआईएल सेक्यूरिटिज लिमिटेडलाई नयाँ ब्रोकर लाइसेन्स प्रदान गरिएको हो । 

साउन २४ गते बसेको सञ्चालक समितिको बैठकले सीमित कार्य गर्ने गरी पूँजी कायम गरेका यी कम्पनीहरूलाई ब्रोकर लाइसेन्स वितरण गर्ने निर्णय भएको प्रवक्ता श्रेष्ठले जानकारी दिएका छन् । 

हालसम्म यी तीन कम्पनीहरू समेत ३२ कम्पनीहरूले नयाँ ब्रोकर लाइसेन्स प्राप्त गरिसकेका छन् । ३२ मध्ये १७ कम्पनीहरूले नेप्सेको सदस्यतासमेत पाइसकेका छन् भने पहिलो चरणमा बोर्डबाट लाइसेन्स पाएका सात कम्पनीहरूले धितोपत्र दोस्रो बजारमा असारदेखि नै कारोबार शुरू गरिसकेका छन् ।

बोर्डले विभिन्न चरणमा गरी ३२ कम्पनीहरूलाई नयाँ ब्रोकर लाइसेन्स प्रदान गरेको हो । बोर्डबाट पहिलो चरणमा सात, दोस्रो चरणमा ११, तेस्रो चरणमा ११ र चौथो चरणमा ३ कम्पनीहरूलाई ब्रोकर लाइसेन्स प्रदान गरिएको हो । बोर्डबाट दोस्रो चरणसम्म लाइसेन्स प्राप्त गरेका १८ कम्पनीमध्ये १७ कम्पनीहरूले नेप्सेको सदस्यतासमेत पाइसकेका छन् । तेस्रो चरणमा लाइसेन्स प्राप्त गरेका ११ कम्पनीहरू समेत नेप्सेको सदस्यताका लागि पुगेका छन् । बोर्डबाट दोस्रो चरणसम्म लाइसेन्स प्राप्त गरेका १८ कम्पनीहरूमध्ये एक कम्पनी के.वि.एल सेक्यूरिटिज लिमिटेड भने पुरानो ब्रोकर कम्पनीसँग मर्जर प्रक्रियामा जान चाहेकाले नेप्सेको सदस्यता लिन गएको छैन । 

नेप्सेको सदस्यता प्राप्त गरेका कम्पनीहरूले प्राविधिक व्यवस्थापन मिलाउनुपर्ने हुन्छ । नेप्सेकै कारोबार प्रणाली प्रयोग गर्ने यी कम्पनीहरूले आवश्यक सम्झौता गर्नुपर्ने हुन्छ । त्यसपछि मक ट्रेडिङ गराई कुनै अबरोध नदेखिएमा नेप्सेले गो लाइभको पत्र प्रदान गर्नेछ । नेप्सेको सदस्यता पाएका कम्पनीहरूले सिडिएस एण्ड क्लियरिङ लिमिटेडबाट निक्षेप सदस्यता समेत लिनुपर्ने हुन्छ । 

नेपाल धितोपत्र बोर्डले आगामी तीन वर्षसम्म नयाँ ब्रोकर लाइसेन्स वितरण गर्न नपाउने व्यवस्थाबमोजिम यस वर्ष पूँजीका हिसाबमा तीन किसिमको रहने गरी ४३ ओटा नयाँ ब्रोकर लाइसेन्स वितरण गर्न लागेको हो ।

पहिलो तहको सीमित कार्य गर्ने ब्रोकरका लागि २० करोड रुपैयाँ, शेयर खरीदविक्री गर्नेसँगै डिपीको रूपमा काम गर्ने, लगानी परामर्श सेवा एवम् लगानी व्यवस्थापन गर्ने र मार्जिन कारोबार सेवासमेत दिने पूर्ण दायरा सहितको दोस्रो तहको ब्रोकरको चुक्ता पूँजी ६० करोड रुपैयाँ र तेस्रो तहको स्टक डिलरका लागि १ अर्ब ५० करोड रुपैयाँ चुक्ता पूँजी हुनुपर्ने व्यवस्था बोर्डले गरेको छ । सोही व्यवस्थाबमोजिम बोर्डले हालसम्म एक धितोपत्र व्यापारी, एक पूर्ण कार्य गर्ने धितोपत्र दलाल र ३० सीमित कार्य गर्ने धितोपत्र दलाललाई लाइसेन्स प्रदान गरिसकेको छ । 

नयाँ ब्रोकर लाइसेन्सका लागि आशयपत्र प्राप्त गरेका ११ कम्पनी लाइसेन्सको प्रतीक्षामा छन् । आशयपत्र प्राप्त गरेका कम्पनीहरूले आवश्यक पूर्वाधार तयार गरिसकेपछि बोर्डले अनुगमन तथा निरिक्षण गरी योग्य ठानेमा मात्र लाइसेन्स दिने व्यवस्था छ । बाँकी कम्पनीहरूसमेत सोही प्रक्रियाबमोजिम लाइसेन्स पाउने लाइनमा रहेको बोर्डका प्रवक्ता श्रेष्ठले जानकारी दिएका छन् । 

 

Neco insurance LimitedAarthik Abhiyan Viber Community

प्रतिक्रिया [0]

Source link

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0