
गोरखा – गोरखाको विकट उत्तरी गाउँ झोङ अहिले पहिरोको जोखिममा परेको छ।
यही साउन २५ गते राति हिमालपारीको गाउँपालिका चुमनुब्री- ७ छेकम्पारको झोङमा आएको पहिरोले यहाँका करिव १०-१२ घरहरु जोखिममा परेका हुन । पहिलोबाट स्थानीयको धेरै खेतबारी पुरेको छ भने गाउँ नै जोखिमा परेको छ।
ठूलो पहिरो गएको हुँदा यहाँ लगाइएको फापर र तोरी र बस्तुभाउको चरनसमेत पुरै पुरेको छ ।
पहिरोले मानवीय क्षति नभएपनि घरघरमा पानी पसेर खाद्यान्न र लत्ता कपडा सबै डुबाएको स्थानीय पेमा वंग्याल लामाले जानकारी दिनुभयो ।
पहिरो प्रभावित क्षेत्रमा वडा अध्यक्ष टासी दोर्जे लामा र सिमा प्रहरी चौकीबाट निरिक्षण गरी मुचुल्का उठाई समाधानका लागि पहल गर्न सम्बन्धित निकायमा पठाउने वडा अध्यक्षले जानकारी दिएका छन ।।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1