
सिरहा- सिरहाको सदरमुकाममा मिटरब्याज पीडितहरुले प्रदर्शन गरेका छन् ।
मिटरब्याज पीडितले आयोग र कानून बनेपनि पीडितको पक्षमा काम नहुने गरेको भन्दै उनीहरु प्रदर्शन गरेका हुन् ।
जिल्ला प्रशासन कार्यालय र जिल्ला प्रहरी कार्यालयको गेट अगाडि उनीहरुले नारावाजी गर्दै प्रदर्शन गरे । I
प्रहरी प्रशासनले मिटरब्याजीहरुसँग मिलेर काम गर्ने गरेको, मिटरब्याजीलाई राजनीतिक दलका नेताहरुले संरक्षण गरिरहेको, मिटरब्याजीहरु मिलापत्रका लागि बोलाइने छलफलमा आउन अटेरी गर्दा पनि पक्राउ गर्न प्रहरी प्रशासन ढिलासुस्ती गर्दै आएको पीडितहरुको गुनासो छन् ।।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1