<p style="text-align:justify">काठमाडौं । उन्नति सहकार्य लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आवको चौथो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ । उक्त वित्तीय विवरण अनुसार कम्पनीको खुद नाफा अघिल्लो आवको चौथो त्रैमासको तुलनामा गत आवको सोही अवधिमा ६२ दशलमव ८४ प्रतिशत घटेको छ । कम्पनीले अघिल्लो आवमा रू. २ करोड ५ लाख नाफा कमाएकोमा गत आवमा रू. ७६ लाख ६४ हजारमा सिमित भएको हो । गत आवमा कम्पनीको खुद ब्याज आम्दानी र सञ्चालन नाफा घटेकाले नाफा प्रभावित भएको हो । अघिल्लो आवको तुलनामा गत आवमा कम्पनीको खुद ब्याज आम्दानी १६ दशमलव ५६ प्रतिशत र सञ्चालन नाफा ७७ दशमलव ७२ प्रतिशत घटेको छ । <br />
नाफासँगै कम्पनीको प्रतिशेयर आम्दानी पनि घटेको छ । अघिल्लो आवमा कम्पनीको प्रतिशेयर आम्दानी ८ रुपैयाँ ९९ पैसा रहेकोमा गत आवमा घटेर ३ रुपैयाँ ३४ पैसामा झरेको छ । त्यस्तै गत आवमा कम्पनीको प्रतिशेयर नेटवर्थ रू. १३२ दशमलव २६ र तरलता अनुपात ८ दशमलव १६ प्रतिशत रहेको छ । चुक्ता पूँजी रू. २२ करोड ९० लाख रहेको कम्पनीले जगेडामा रू. २३ करोड १ लाख र रिटेन्ड अर्निङमा रू. ९६ लाख १४ हजार सञ्चिती गरेको छ । </p>
<p><a href="https://sharemarket.abhiyandaily.com/announcement-detail/fy-2079-80:-q4-report:-unnati-sahakarya-laghubitta-bittiya-sanstha-ltd.-%28uslb%29">रिपोट हेर्न यहाँ क्लिक गर्नुहोस </a></p>