Friday, December 9, 2022

राधीले बिक्रीमा राखेको मध्ये १३ लाख कित्ता सेयर बिक्रि भएन, अब लिलाममा बेच्ने

राधी विद्युत कम्पनीले हकप्रद बिक्रीमा राखेको ९५ लाख ३५ हजार ७६०.९९ कित्ता शेयर मध्ये रितपूर्वक आवेदन दिएका ३८ हजार ५०५ शेयरधनीबाट ८२ लाख ३५ हजार २३३ कित्ता शेयर मात्र बिक्रि भएको छ ।

कात्तिक १७ गतेकम्पनीले असोज ५ गतेदेखि २५ गतेसम्म १ बराबर १.४७५२ अनुपातमा निष्काशन गरेको शेयर बाँडफाँट गरेको हो।

कम्पनीले भदौ १० गतेसम्म कायम शेयरधनीहरुका लागि ९५ लाख ३५ हजार ७६०.९९ कित्ता शेयर निष्काशन गरेको थियो। सोमध्ये रितपूर्वक आवेदन दिएका ३८ हजार ५०५ शेयरधनीहरुलाई ८२ लाख ३५ हजार २३३ कित्ता शेयर बाँडफाँट गरेको हो।

बाँडफाँट नभएको १३ लाख ५२७.९९ कित्ता शेयर कम्पनी लिलाम बढाबढ प्रक्रिया मार्फत बिक्री गर्नेछ।

हकभन्दा बढी शेयर माग गरि दरखास्त दिने आवेदकहरुको हकमा बाँडफाँट नभएको हकप्रद शेयरबापतको रकम कात्तिक २० गतेदेखि आईपीएस मार्फत बैंक खातामा जम्मा गरिने कम्पनीले प्रकाशित गरेको सूचनामा उल्लेख छ।

कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटल लिमिटेड रहेको छ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -

Most Popular

Recent Comments