Wednesday, December 7, 2022

यसरि भर्नुहोस् ३० प्रतिशत हकप्रद शेयर, कुन कुन बैंकबाट भर्न मिल्छ

पिपुल्स इन्भेष्टमेन्ट कम्पनी लिमिटेडले ३० प्रतिशत हकप्रद शेयर कात्तिक १५ गतेदेखि विक्री खुला गरेको छ ।

कम्पनीले कात्तिक १४ गतेसम्म कायम साविक संस्थापक शेयरधनीहरूका लागि १० शेयर बराबर नयाँ तीन शेयरको अनुपातमा हकप्रद शेयर विक्री खुला गरेको हो । प्रतिकित्ता रू. १०० अंकित दरका ४ लाख ७५ हजार ८७५ कित्ता हकप्रद शेयर खरीदका लागि मंसिर २० गतेसम्म आवेदन दिन सकिने जानकारी कम्पनीले दिएको छ ।

यो हकप्रद शेयर खरीदका लागि कम्पनीको कार्यालय ट्रेड टावर थापाथली, काठमाडौंबाट आवेदन फारम प्राप्त गर्न र बुझाउन सकिने व्यवस्था छ । खरीदकर्ताहरूले कम्पनीको एनआईसी एशिया बैंकमा रहेको खाता नम्वर ५४४१०३३३०२५२४००२ र लुम्बिनी विकास बैंकमा रहेको खाता नम्वर ०३१००१२००१२११८०००००१ मा हकप्रद वापतको रकम जम्मा गरी आवेदन दिनुपर्ने कम्पनीले जानकारी दिएको छ ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -

Most Popular

Recent Comments