Monday, October 3, 2022

सीपी मैनाली भन्छन् : मेरो मार्क्सवाद र रवीन्द्र मिश्रको राष्ट्रवाद मिल्दोजुल्दो

३ असोज, काठमाडौं । रवीन्द्र मिश्रको पुस्तक विचारभन्दा माथि देश विमोचनका क्रममा नेकपा मालेका महासचिव सीपी मैनालीले आफ्नो मार्क्सवाद र मिश्रको राष्ट्रवाद मिल्दोजुल्दो भएको सुनाए ।

सोमबार राजधानीमा मिश्रको किताबमाथि टिप्पणी गर्न उभिएका मैनालीले मिश्रको विचारसंग आफ्नो पनि विचार मिलेको सुनाउँदै ०१७ सालमा महेन्द्रले प्रजातन्त्र मासेर देश बचाएको टिप्पणी गरे ।

नेपाललाई सिक्किम बनाउने ग्राण्ड डिजाइन रोक्न महेन्द्रले प्रजातन्त्र मासेर पञ्चायत लागु गरेको दाबी गरेका मैनालीले कम्युनिष्ट, प्रजातन्त्रवादी र राष्ट्रवादीहरु एकजुट भएर देश बचाउन लाग्नुपर्ने जिकिर गरे ।

०४७ सालको संविधान फिर्ता ल्याउने अभियानमा लागेका जलस्रोत मामिलाका जानकार दीपक ज्ञवालीले त मिश्रको ‘विचारभन्दा माथि देश’ किताब नपढी राजनीतिक दलहरुले चुनावी घोषणापत्र लेख्न नसक्ने दाबी गरे ।

राजनीतिक दस्तावेजका रुपमा विवकेशील साझाले नै ‘अस्वीकार’ गरेको ‘विचार भन्दा माथि देश’लाई मिश्रले आफू दलको नेतृत्व त्यागेर फुर्सदिलो भएको समयमा किताबको रुप दिएका हुन् ।

window.fbAsyncInit = function () {
FB.init({
appId: ‘280041239029772’,
xfbml: true,
version: ‘v2.7’
});
};

(function (d, s, id) {
var js, fjs = d.getElementsByTagName(s)[0];
if (d.getElementById(id)) {
return;
}
js = d.createElement(s);
js.id = id;
js.src = “https://connect.facebook.net/en_US/sdk.js”;
fjs.parentNode.insertBefore(js, fjs);
}(document, ‘script’, ‘facebook-jssdk’));

Source link

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -

Most Popular

Recent Comments