Tuesday, October 4, 2022

प्रजातन्त्र सेनानी प्रधानको निधन

३ असोज, विराटनगर । प्रजातन्त्र सेनानी तोरेन्द्रमानसिंह प्रधानको निधन  भएको छ । विराटनगर महानगरपालिका १० का बासिन्दा प्रधानको ९३ वर्षको उमेरमा सोमबार दिउँसो निधन भएको हो ।

स्वासप्रश्वासमा समस्या देखिएपछि प्रधानलाई आइतबार न्यूरो अस्पताल विराटनगरमा भर्ना गरिएको थियो । उपचारका क्रममा सोमबार दिउँसो प्रधानको निधन भएको अस्पतालले जनाएको छ ।

२००७ सालको प्रजातान्त्रीक आन्दोलनमा सक्रिय प्रधान नेपाली कांग्रेससँग नजिक थिए । लाभको पदमा नबसेका उनी नेवारी र नेपाली संस्कृतिको ज्ञाता थिए ।

पछिल्लो समय उनी वातावरण संरक्षण अभियानमा जोडिएका थिए ।  उनका तीन छोरी र श्रीमती छन् । प्रधानको अन्तिम संस्कार मंगलबार गरिने परिवारले जनाएको छ ।

window.fbAsyncInit = function () {
FB.init({
appId: ‘280041239029772’,
xfbml: true,
version: ‘v2.7’
});
};

(function (d, s, id) {
var js, fjs = d.getElementsByTagName(s)[0];
if (d.getElementById(id)) {
return;
}
js = d.createElement(s);
js.id = id;
js.src = “https://connect.facebook.net/en_US/sdk.js”;
fjs.parentNode.insertBefore(js, fjs);
}(document, ‘script’, ‘facebook-jssdk’));

Source link

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -

Most Popular

Recent Comments