Tuesday, October 4, 2022

करोड बढीको सुन चोरीमा संलग्न रहेको आरोप लागेका सुन व्यवसायीसहितका ६ जना छुटे

२४ साउन, धनगढी । भारतको पञ्जाबबाट करोड बढी मूल्यको सुन चोरीको प्रकरणका आरोपी छुटेका छन् । नेपाल सुनचाँदी व्यवसायी महासंघ सुदूरपश्चिमका अध्यक्ष सन्तोष लामिछानेसहितका ६ जना मंगलबार छुटेका हुन् ।

कैलाली प्रहरीले अभद्र व्यवहारको मुद्दा चलाएका उनीहरुलाई जिल्ला प्रशासन कार्यालय कैलालीले छाड्न आदेश दिएपछि छुटेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । तर प्रहरीले विस्तृत विवरण खुलाएको छैन ।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) वेदप्रकाश जोशीले बुधबार (भोलि) मात्र प्रेस विज्ञप्ती मार्फत सो सम्बन्धमा विस्तृत विवरण सार्वजनिक गर्ने बताए । स्रो

तकाअनुसार भारतको पञ्जाबबाट चोरी गरेर ल्याएको सुन तथा नगदसहित प्रहरीलाई बुझाएपछि उनीहरु छुटेका हुन् ।

सुन व्यवसायी लामिछानेलाई प्रहरीले गत १८ गते त्रिभुवन विमानस्थलबाट पक्राउ गरेको थियो । उनी चोरीको सुन खरिदमा संलग्न भएको प्रहरीले दाबी गरेको थियो । उनीसँगै पक्राउ परेका अन्यको परिचय भने अझै खुलाइएको छैन ।

window.fbAsyncInit = function () {
FB.init({
appId: ‘280041239029772’,
xfbml: true,
version: ‘v2.7’
});
};

(function (d, s, id) {
var js, fjs = d.getElementsByTagName(s)[0];
if (d.getElementById(id)) {
return;
}
js = d.createElement(s);
js.id = id;
js.src = “https://connect.facebook.net/en_US/sdk.js”;
fjs.parentNode.insertBefore(js, fjs);
}(document, ‘script’, ‘facebook-jssdk’));

Source link

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -

Most Popular

Recent Comments