News Portal

any time News , local election in nepal 2079

८ अंकको वृद्धि, १ अर्ब ४५ करोडको कारोबार  – Online Khabar

३१ असार, काठमाडौं । चालु आर्थिक वर्ष २०७८/७९ को अन्तिम कारोबार दिन शुक्रबार सेयर बजार परिसूचक नेप्सेमा सामान्य वृद्धि भएको छ । सुरुवाती उताचढावका बीच सेयर बजार अन्तिम समयमा समान्य बढेर बन्द भयाे ।

शुक्रबार नेप्से ७.९३ अंक (०.४० प्रतिशत) ले बढेर २००९.४६ अंकमा बन्द भएको छ । बजारलाई लिड गर्ने बैंकिङसहित विकास बैंक, लघुवित्त जीवन बीमा समूहसहति लगानी कोष उपसूचकमा वृद्धि भएको छ । लघुवित्त उपसूचक सर्वाधिक १.५७ प्रतिशत र बैंकिङ उपसूचक १.३८ प्रतिशतले वृद्धि भएको हो ।

नेप्सेमा समान्य वृद्धि हुँदा २ घण्टा मात्रै सञ्चालन भएको बजामरा करिब डेढ अर्बको कारोबार भएको छ । ४० लाख ५१ हजार ७७१ कित्ता सेयर किनबेच हुँदा १ अर्ब ४५ करोड ६३ लाखको कारोबार भएको छ । कारोबारमा आएकामध्ये अपर तामोकोशी हाइड्रोपावरको १९ करोड ७२ लाखको कारोबार भएको छ । यस्तै एभरेष्ट बैंकको ६ करोड ९५ लाखको कारोबार भएको छ ।

शुक्रबार धेरै मूल्य बढ्ने ५ वटाको सूचीमा ऋणपत्र सामूहिक लगानी कोषका इकाइहरु परेका छन् । सूचीकृत कम्पनीमध्ये सामुदायिक लघुवित्त ८.७१ प्रतिशतले सेयरमूल्य वृद्धि हुँदा माछापुच्छ्रे बैंकको सेयरमूल्य ८.५५ प्रतिशतले बढेको छ ।

ग्रिनलाइफ हाइड्रोपावरको सेयरमूल्य ५.३१ प्रतिशतले गिरावट हुँदा माउन्टेन हाइड्रो नेपालको सेयरमूल्य ४.७६ प्रतिशतले घटेको छ । यस्तै रिभर फल्स हाइड्रोपावरको सेयरमूल्य ४.७२ प्रतिशतले गिरावट भएको छ ।

कारोबार अवधिभर १८१ कम्पनीको सेयर कारोबार भएकोमा १०४ कम्पनीको सेयरमूल्य घटेको छ । यस्तै ७२ कम्पनीको सेयरमूल्य वृद्धि हुँदा ५ सूचीकृत कम्पनीको सेयरमूल्य भने स्थिर रहेको छ ।

window.fbAsyncInit = function () {
FB.init({
appId: ‘280041239029772’,
xfbml: true,
version: ‘v2.7’
});
};

(function (d, s, id) {
var js, fjs = d.getElementsByTagName(s)[0];
if (d.getElementById(id)) {
return;
}
js = d.createElement(s);
js.id = id;
js.src = “https://connect.facebook.net/en_US/sdk.js”;
fjs.parentNode.insertBefore(js, fjs);
}(document, ‘script’, ‘facebook-jssdk’));

Source link

Leave a Reply

Your email address will not be published.