News Portal

any time News , local election in nepal 2079

निर्मल पूर्जाको नेटफ्लिक्स फिल्म ‘फोर्टिन पिक्स’ एमी अवार्डमा मनोनित

काठमाडौं । कीर्तिमानी नेपाली आरोही निर्मल पूर्जामाथि नेटफ्लिक्सले निर्माण गरेको चर्चित डकुमेन्ट्री ‘फोर्टिन पिक्स : नथिङ इज इम्पोसिबल’ टेलिभिजनतर्फको ओस्कार अवार्ड मानिने एमीमा मनोनयन भएको छ ।

आउटस्ट्यान्डिङ म्युजिक कम्पोजिसन फर अ डकुमेन्ट्री सिरिज अर स्पेसल विधामा फिल्म छानिएको हो । यो विधामा कम्पोजर नैनिता देसाई मनोनित भएकी हुन् ।

नेटफ्लिक्समा रिलिज भएलगत्तै समीक्षकबाट समेत ध्वनि रचनातर्फ देसाईले चर्चा बटुलेकी थिइन् । त्यतिबेला उनले सगरमाथाको शून्यतामा ध्वनि सिर्जना गर्नुपर्ने चुनौती रहेको बताउँदै शून्यतालाई पनि ध्वनिको परिभाषामा बाँधेकी थिइन् ।

एमीमा मनोनित भएलगत्तै पूर्जाले देसाईलाई बधाई दिएका छन् । मनोनयनपछि अब अगस्ट १२ देखि २२ सम्म मतदान हुने प्रक्रिया हुनेछ । सेप्टेम्बर १२ मा अमेरिकाको लस एन्जलसमा हुने समारोहमा विजेता घोषणा हुनेछ ।

पूर्जाले सात महिनाभित्रै कसरी ८ हजार मिटरभन्दा अग्ला संसारका १४ हिमाल आरोहण गरे भन्ने चित्रण यो डकुमेन्ट्री फिल्मले गर्छ । स्ट्रिमिङ भएलगत्तै नेटफ्लिक्समा करोडौंले यसलाई हेरेका थिए भने उक्त प्लेटफर्ममा अहिलेसम्म हेरिएका टपटेन डकुमेन्ट्रीमा पनि यो फिल्म अटाएको थियो ।

window.fbAsyncInit = function () {
FB.init({
appId: ‘280041239029772’,
xfbml: true,
version: ‘v2.7’
});
};

(function (d, s, id) {
var js, fjs = d.getElementsByTagName(s)[0];
if (d.getElementById(id)) {
return;
}
js = d.createElement(s);
js.id = id;
js.src = “https://connect.facebook.net/en_US/sdk.js”;
fjs.parentNode.insertBefore(js, fjs);
}(document, ‘script’, ‘facebook-jssdk’));

Source link

Leave a Reply

Your email address will not be published.