News Portal

any time News , local election in nepal 2079

सार्वजनिक पदमा रहेका व्यक्ति एमालेको विभागमा रहदैनन् : भूसाल – Online Khabar

२९ असार, काठमाडौं । नेकपा एमाले स्थायी कमिटी सदस्य घनश्याम भूसालले सार्वजनिक पद धारण गरेका व्यक्तिहरु पार्टी कमिटीमा रहने व्यवस्था नभएको बताएका छन् ।
गर्भनर महाप्रसाद अधिकारी एमालेको अर्थ तथा योजना विभागमा रहेको भन्ने प्रश्न उठेपछि उनले सामाजिक सञ्जाल फेसबुकमा स्पष्टिकरण दिएका छन् ।

भूसाल प्रमुख रहेको उक्त विभागमा एम अधिकारी, खोटाङ सदस्य छन् । ती व्यक्ति गभर्नर महाप्रसाद अधिकारी हो वा होइन भन्ने प्रश्नको जवाफमा भूसालले लेखेका छन्, ‘स्वयं गभर्नर महाप्रसाद अधिकारीले कुनै पार्टी राजनीतिमा आफ्नो संलग्नता नरहेको र उक्त व्यक्ति पनि आफू नभएको स्पष्ट पारिसक्नुभएको छ ।’

भूसालले थप प्रष्टिकरणमा लेखेका छन्, ‘दोस्रो, हाम्रा कमिटी र विभागहरुमा त्यस्ता सार्वजनिक पद धारण गरेका व्यक्तिहरु रहने वैधानिक व्यवस्था पनि नभएको कुरा जानकारी गराउन चाहन्छु ।’

window.fbAsyncInit = function () {
FB.init({
appId: ‘280041239029772’,
xfbml: true,
version: ‘v2.7’
});
};

(function (d, s, id) {
var js, fjs = d.getElementsByTagName(s)[0];
if (d.getElementById(id)) {
return;
}
js = d.createElement(s);
js.id = id;
js.src = “https://connect.facebook.net/en_US/sdk.js”;
fjs.parentNode.insertBefore(js, fjs);
}(document, ‘script’, ‘facebook-jssdk’));

Source link

Leave a Reply

Your email address will not be published.