News Portal

any time News , local election in nepal 2079

देशको कानून व्यवस्था बहाल गराउन श्रीलंकाली सेनालाई विक्रमसिंघेको निर्देशन

२९ असार, काठमाडौं । श्रीलंकाका प्रधानमन्त्री रनिल विक्रमसिंघेले देशको कानून व्यवस्था बहाल गराउनका लागि आवश्यक कदम चाल्न सेनालाई निर्देशन दिएका छन् ।

राजधानी कोलम्बोमा रहेको प्रधानमन्त्रीको कार्यालय प्रदर्शनकारीले कब्जा गरेलगात्तै विक्रमसिंघेले कानून व्यवस्था बहाल गराउन सेनालाई निर्देशन दिएका हुन् ।

राष्ट्रपति गोटावाया राजापाक्षे देश छाडेर भागेपछि विक्रमसिंघे स्वत कार्यबाहक राष्ट्रपति बनेका छन् ।

प्रधानमन्त्रीको कार्यालय प्रदर्शनकारीले कब्जा गर्नुअघि विक्रमसिंघेले देशमा संकटकाल लागू गरेका थिए । उनले राजधानी कोलम्बोसहित दक्षिणीप्रान्तमा कर्फ्यू आदेश जारी गरे पनि कर्फ्यू तोडेर प्रदर्शन भइरहेको छ ।

गत शनिबारदेखि राष्ट्रपति भवन प्रदर्शनकारीकै कब्जामा छ । देश आर्थिक संकटमा फसेपछि नागरिक राष्ट्रपति र प्रधानमन्त्रीको राजीनामा माग्दै प्रदर्शनमा उत्रिएका हुन् ।

window.fbAsyncInit = function () {
FB.init({
appId: ‘280041239029772’,
xfbml: true,
version: ‘v2.7’
});
};

(function (d, s, id) {
var js, fjs = d.getElementsByTagName(s)[0];
if (d.getElementById(id)) {
return;
}
js = d.createElement(s);
js.id = id;
js.src = “https://connect.facebook.net/en_US/sdk.js”;
fjs.parentNode.insertBefore(js, fjs);
}(document, ‘script’, ‘facebook-jssdk’));

Source link

Leave a Reply

Your email address will not be published.