News Portal

any time News , local election in nepal 2079

उडिरहेको जहाजमा यात्रुले चुरोट तान्न थालेपछि… – Online Khabar

फाइल तस्वीर

२९ असार, काठमाडौं । बुधबार काठमाडौंबाट धनगढी उडेको बुद्ध एयरको जहाजमा चुरोट तान्ने एक यात्रु पक्राउ परेका छन् ।

बुद्ध एयरका सूचना अधिकृत दीपेन्द्र कर्णका अनुसार उडान नं २५३ बाट अपरान्ह धनगढी उडेको जहाजको सीट नं ‘११ ए’मा बसेका एक यात्रुले शौचालय छिरेर चुरोट तानेका थिए । त्यसपछि उनलाई उडानमा खटिएका कर्मचारीले उडान अवधिभर निगरानीमा राखेका थिए ।

धनगढी अवतरण भइसकेपछि उनलाई धनगढी प्रहरीको जिम्मा लगाइएको कर्णले जानकारी दिए । जहाजमा सलाई, लाइटरसहितका प्रज्वलनशील वस्तु साथमा लैजान पाइँदैन । साथै चुरोट तान्न निषेध गरिएको छ । यात्रुबाट भएको गम्भीर लापरबाहीमा विमानस्थल सुरक्षामा खटिएका प्रहरीको समेत कमजोरी देखिएको छ । यस्तो वस्तु यात्रुको साथमा हुँदा दुर्घटनासम्मको जोखिम हुन्छ ।

window.fbAsyncInit = function () {
FB.init({
appId: ‘280041239029772’,
xfbml: true,
version: ‘v2.7’
});
};

(function (d, s, id) {
var js, fjs = d.getElementsByTagName(s)[0];
if (d.getElementById(id)) {
return;
}
js = d.createElement(s);
js.id = id;
js.src = “https://connect.facebook.net/en_US/sdk.js”;
fjs.parentNode.insertBefore(js, fjs);
}(document, ‘script’, ‘facebook-jssdk’));

Source link

Leave a Reply

Your email address will not be published.