भित्र प्रदेश सरकारको सम्मान, बाहिर मैथिल अगुवाको प्रदर्शन
२८ असार, विराटनगर । प्रदेश १ सरकारले श्रष्टा सम्मानका लागि आयोजना गरेको कार्यक्रम स्थल बाहिर मैथिली भाषा अभियन्ताहरुले प्रदर्शन गरेका छन् ।
मंगलबार प्रदेश १ सरकारले १९ जना श्रष्टालाई सम्मानका लागि विराटनगरको हाटखोलास्थित आरोहण गुरुकुलमा कार्यक्रम आयोजना गरेको थियो । आर्थिक वर्षको अन्तिममा आयोजना गरेको कार्यक्रम हल बाहिर मैथिल अभियन्ताहरुले प्रदर्शन गरेका हुन् ।
पर्यटन तथा संस्कृति मन्त्रालयले आयोजना गरेको कार्यक्रम हल बाहिर ‘मैथिली संस्था सभक संयुक्त संघर्ष समितिले’ प्रदर्शन गरेको हो । मैथिली साहित्य र संस्कृतिलाई प्रदेश सरकारले उपेक्षा गरपछि प्रदर्शन गरेको मैथिली अभियन्ता नविन कर्णले जानकारी दिए ।
प्रदेश सरकारले बालकृष्ण पोखरेल भाषा, साहित्य, कला र संस्कृति श्रष्टा सम्मान– २०७९ बाट प्रा.डा गोबिन्द तुम्वाङ–सुनसरी र प्रा. डा. कालुराम खम्बु–(के.आर. खम्बु)–झापालाई सम्मान गरेको छ ।
प्रदेश भाषा, साहित्य, कला र संस्कृति श्रष्टा सम्मान– २०७९ बाट टंकबहादुर खुलाल (मनु मञ्जिल), गोवर्धन तामाङ–उदयपुर (साहित्य), विजय श्रेष्ठ–इलाम (मूर्तिकला), भरत गुरागाईं–मोरङ (नाट्यकर्र्मी), ममता गिरी–सुनसरी (साहित्य, लघुकथा), गोपाल देवान–सुनसरी (नाटककार, निर्देशन), वीरबहादुर लाप्चा– इलाम (लोक संस्कृति, संस्कृति संरक्षण), हरि कट्टेल–सोलुखुम्बु (साहित्य), मानसिंह थुलुङ–इलाम (संगीत),महेन्द्र राई–सुनसरी (चित्रकला), जयन्तीरमण कण्ठ–सुनसरी (नाट्य अभिनयकर्मी), नवराज राई (नवराज वर्तमान)–भोजपुर(साहित्य, कथाकार, कवि) लाई सम्मानित गरेको थियो ।
त्यस्तै नवोदित भाषा, साहित्य, कला र संस्कृति श्रष्टा सम्मान पुरस्कार– २०७९ लिला उप्रेती(लिला अनमोल)–झापा (साहित्य), यशोदाकुमारी लम्साल–सुनसरी (चित्रकला),चेतन आङ्थुपो–इलाम (नाटक, निर्देशन) मधुराज केरुङ–पाँचथर (चलचित्र, साहित्य), विमला चिमोरिया–झापा(नाटक/अभिनय) लाई प्रदान गरेको छ । सम्मानितलाई प्रदेश १ का मुख्यमन्त्री राजेन्द्र राई र पर्यटन तथा संस्कृति मन्त्री खिनु लङ्वा लिम्बूले सम्मान पत्र प्रदान गरेका थिए ।
window.fbAsyncInit = function () {
FB.init({
appId: ‘280041239029772’,
xfbml: true,
version: ‘v2.7’
});
};
(function (d, s, id) {
var js, fjs = d.getElementsByTagName(s)[0];
if (d.getElementById(id)) {
return;
}
js = d.createElement(s);
js.id = id;
js.src = “https://connect.facebook.net/en_US/sdk.js”;
fjs.parentNode.insertBefore(js, fjs);
}(document, ‘script’, ‘facebook-jssdk’));