News Portal

any time News , local election in nepal 2079

पोखरा फोहोर व्यवस्थापनको पहिलो खुड्किलो-‘थ्री आर’

आधुनिकतासँगै मानव जीवनमा भौतिक सुविधाका कारण शहरमा अत्यधिक जनघनत्व वृद्धि हुने क्रम छ । यसले शहर मानव सिर्जित समस्याको चाङ बन्न पुगेको छ । शहरमा गाँस, बास र कपास लगत्तैको प्राथमिकतामा फोहोर व्यवस्थापन अनिवार्य बनेको छ । एउटा भाडाको कोठामा नै जीवनयापन गर्नुपर्ने बाध्यतामा रहेका मानिसका लागि पनि फोहोर व्यवस्थापन प्राथमिकताको कार्यभार बनेको छ ।

विगत लामो समयदेखि नै नेपालको संघीय राजधानी काठमाडौंमा फोहोर व्यवस्थापनको सवाल प्रमुख चर्चाको विषय बनेको छ । हालसालैको फोहोर व्यवस्थापनमा उद्घाटित घटनाले विश्वभरि फैलिएर रहेका नेपाली समुदायबीच ठूलै बहस जन्माएको छ । काठमाडौंको घटनाले नेपालको प्रमुख शहरमा पनि फोहोर व्यवस्थापन प्रमुख मुद्दा बनेको छ । देशव्यापी बहसको सुरुवात काठमाडौंको सडकमा असरल्ल पारिएका फोहोर र काठमाडौंका भाइरल मेयर बालेन साहको व्यवस्थापन सक्रियताले गरेको छ । सामाजिक सञ्जाल र आमसञ्चारमाध्यमको कभरेजले बहसलाई सतहमा ल्याइदिएको छ ।

डा. सुन्दर पौडेल

नेपालमा फोहोर व्यवस्थापनमा नागरिक सक्रियता, चिन्तन, दृष्टिकोण र चेतना विकासको सुरुवात भएको छ । उदाहरण स्वरूप काठमाडौंको सडकमा हप्तौं दिन बेवारिस रहेका फोहोरका डङ्गुरलाई प्लास्टिक ब्यागमा उठाएर बाँधेर राखियो । नगन्हाउने केमिकल छरेर दूषित, दुर्गन्धित हुनबाट रोक्न केही हदसम्म नागरिक, सामाजिक अभियन्ताबाट सुरुवात गरियो । यो समस्यामाथिको सकारात्मक हस्तक्षेप हो ।

देशको प्रमुख पर्यटकीय शहर एवम् भौगोलिक रूपमा नेपालकै ठूलो महानगरपालिका पोखरा पनि बढ्दो जनघनत्वका कारण फोहोर व्यवस्थापनको उचित र दिगो उपायको खोजीमा छ । विगतदेखि फोहोर व्यवस्थापनमा लागिरहेको जस्तो देखिए तापनि नेतृत्व वर्गको अकर्मण्यताले दिन कटाउने, सत्ता स्वादमा रमाउने प्रवृत्ति देखिएको छ । त्यसैले आजसम्म फोहोर व्यवस्थापनको दीर्घकालीन योजना आएको छैन ।

शहर नजिकको डम्पिङसाइट

जापानको हानेडा एयरपोर्टको नजिक सहज रूपमा सम्भव भएको फोहोर व्यवस्थापन हामीले हेरेका छौं । तीन वर्षअघि तत्कालीन पोखरा महानगरपालिका प्रमुख मानबहादुर जिसी सहितको प्रतिनिधिमण्डल जापान भ्रमणमा जुट्यो । प्रतिनिधिमण्डलका इन्जिनियर महेन्ऽबहादुर गोदारको अनुरोधमा मैले ‘टोकियो मेट्रोपोलिटियन’ मा मेरा जापानिज साथीमार्फत टोकियो हानेदा एयरपोर्ट नजिकैको फोहोर व्यवस्थापन केन्द्रमा अवलोकन भ्रमण गराएको थिएँ । त्यस समूहमा तत्कालीन मेयर, पूर्व मेयर, वडा अध्यक्ष, महानगरका कर्मचारी, पोखरा कोमागाने मैत्री एशोसिएसनका प्रतिनिधि समेत करिब २० जनाले प्रत्यक्ष अवलोकन गरेका थिए । उक्त अवलोकन भ्रमणको क्रममा उचित तरिकाले फोहोरमैला व्यवस्थापनको उपायबारे जानकारी लिएका थियौं ।

पोखरामा पनि नयाँ एयरपोर्ट आसपासमा महानगरपालिकाको फोहोर डिस्पोजल केन्द्र रहिआएको छ । पोखरामा पनि एयरपोर्ट नजिक ल्याण्डफिल्ड साइड व्यवस्थापन सम्भव छ भन्ने निचोड र निष्कर्षका साथ हाम्रो अवलोकन भ्रमण उत्साहपूर्वक सम्पन्न भएको थियो ।

पोखरा फर्किएपछि हामी फोहोर व्यवस्थापनको योजनामा जुट्यौं र कार्ययोजना बनायौं । तर महानगरपालिकाले कार्यान्वयन गर्न त के सुन्न पनि चाहेन । छोटो समयमा अपर्झट व्यवस्थापन गरेको अवलोकन भ्रमणको प्रयास सार्थक हुन सकेन । समयको मामिलामा अति संवेदनशील जापान जस्तो देशमा घोषित सेडुल बाहेक अपर्झटको व्यवस्थापन ज्यादै कठिन प्रक्रिया थियो । तर हाम्रो मनमा पोखराको गौरवशाली इतिहास र सुन्दर पोखराको सपना थियो । पोखरामा सहज र वैज्ञानिक तरिकाले फोहोर व्यस्थापन गर्ने परिकल्पना गरियो । परिकल्पना र सपना त मिठो देखियो तर जेटको लामो यात्राले हाम्रो सपनालाई निरर्थक बनायो । हाम्रो टिम चुपचाप भयो ।

यदि जापानको अवलोकनपछिको हाम्रो निचोड अनुसार काम गरेको भए आज मुलुककै लागि पोखरा फोहोर व्यवस्थापनको उदाहरण बन्नेथियो । देखासिकी गरेर भए पनि अरू शहरले पनि अनुकरण गर्ने काम हुनेथियो । त्यसले पोखराको साखलाई उच्च पार्ने थियो ।

अवलोकन भ्रमणमा आँखाले हेरेको योजनाको व्यावहारिक रूपान्तरण सम्भव थियो, थोरै लगानीमा गर्न सक्ने खालको थियो । महानगरपालिकालाई विना बोझ समस्याको समाधान हुने प्रक्रियाको थियो । आखिर चुनाव आउनु केही महिना अगाडि अर्को ठाउँमा डम्पिङ साइट स्थानान्तरण गर्ने निर्णय गरेर भावी महानगरपालिकाको नेतृत्वको काँधमा फोहोर व्यवस्थापनको योजना होइन, समस्याको व्यवस्थापन गरियो । जुन तत्कालीन समस्याको समाधान उपाय हुन सक्दैनथ्यो ।

तत्कालीन समस्याको समाधान गर्दै दीर्घकालीन समाधानमा जानुपर्ने आवश्यकतालाई अरू जटिल बनाउने र आफूले त केही गर्न सुरुवात गरेका सन्देश मात्र दिन उक्त निर्णय भएको हुनसक्ने कुरा जानकार साथीहरूले बताउँदा मन अमिलो हुन्छ । किनकि तत्काल केही गर्नुपर्छ भन्ने उत्साह हामीसँग थियो । हामीले उक्त काम गर्न सकेको भए केही वर्ष धान्न सक्थ्यो र बढ्दो शहरी जनसङ्ख्यासँगै दीर्घकालीन उपायमा जान सकिन्थ्यो । यसले काठमाडौंको जस्तो महिनौं सडकमा रहन सक्ने समस्या पोखराले भोग्नुपर्ने बाध्यता हुने थिएन ।

हालसम्म पनि ल्यान्डफिल साइट स्थानान्तरणको स्थान टुङ्गो नलाग्दा विषय थप पेचिलो हुँदैछ । हनिमुन अवधिमा रहेको महानगर पालिकाको नयाँ नेतृत्वलाई टाउको दुखाइको विषय बनेको छ- पोखरामा फोहोर व्यवस्थापन ।

‘थ्री आर’ विधि

जापानमा हरेक वर्ष विद्यार्थीलाई ‘थ्री आर’ को बारेमा जानकारी गराइन्छ । पोखराको फोहोर व्यवस्थापनलाई दिगो बनाउने काम स्कुलबाटै सुरु गर्न जरूरी छ । फोहोर रिड्युस, रियुज र रिसाइकलको ‘थ्री आर’ मान्यताअनुसार महानगरपालिकाले टोल विकास संस्था मार्फत सन्देशमूलक कार्यक्रम सञ्चालन गर्न सक्छ । विद्यालयमा महिनाको एक दिन ‘थ्री आर’ को बारेमा ज्ञान, प्रयोगात्मक विधिको अवलोकनात्मक शिक्षा दिन जरूरी छ ।

स्कूलको बिहान प्रार्थना समयमा पाँच मिनेट वातावरण शिक्षाको जानकारी दिन सकिन्छ । जसले गर्दा घरबाट निस्कने फोहोरलाई केही हदसम्म नियन्त्रण गर्न सकिन्छ । दिगो शहर विकासका लागि यो अपरिहार्य छ । आजैबाट महानगरपालिकाले आफैं पहल गर्दा पनि हुने कुरा हो यो । महानगरपालिकाभित्रको वातावरण शाखा पनि रहेकोले त्यो कामलाई व्यवहारमा ल्याउन सजिलो छ, कुनै आइतबार कुर्नु पर्दैन ।

फोहोर व्यवस्थापनलाई मूर्तरूप दिन उत्प्रेरित गर्दै तदनुरूप क्षमता भएकालाई काम गर्न दिनुपर्छ । व्यवस्थापकीय कौशलता, ज्ञान र सीपको उपयोग गर्दै सीमित साधन, स्रोत र जनशक्तिले असीमित काम गर्ने व्यवस्थाको सुरुवात गर्न जरूरी छ ।

इन्सिनिरेसन प्लान्ट

एक अनुसन्धानात्मक प्रतिवेदन अनुसार जापानको राजधानी टोकियोमा दैनिक ८ हजार टन फोहोर उत्पादन हुन्छ र फोहोरबाटै विद्युत् उत्पादन पनि हुन्छ । विद्युत्बाट मात्रै वाषिर्क ७८ मिलियन डलर भन्दा बढी आम्दानी हुन्छ । फोहोरलाई पुनः प्रयोग गर्ने, छुट्याउने, मल बनाउने बाहेक शहरका प्रमुख पायक पर्ने ठाउँमा सुविधासम्पन्न ‘इन्सिनिरेसन प्लान्ट’ जडान गरिएको छ । यस्ता सुविधासम्पन्न इन्सिनिरेसन प्लान्टबाट​ उत्पादित फोहोरलाई छुट्याएर प्लान्टको चिम्नीबाट धुवाँ र अरू विकारक तत्वको सट्टा वाफ निस्कन्छ । यसले केही मात्रामा भए पनि हृयुमिडिफायरको काम गर्छ र वरपरको वातावरणलाई स्वच्छ राख्छ ।

सानो क्षेत्रफल र थोरै जनसङ्ख्या भएको पोखरा महानगरपालिकाको फोहोर व्यवस्थापन गर्न निकै सहज र सुगम छ । नजिक पायक पर्ने ठाउँमा ‘इन्सिनिरेसन प्लान्ट’ को स्थापना समस्याको तत्कालीन समाधान हुन सक्छ । इमर्जेन्सी डिस्पोजलको लागि पनि अति आवश्यक छ । शहरको केन्द्रभित्रै फोहोर विसर्जन गर्ने विधि सुगम हुन सक्छ​ । अहिलेको प्रविधिले घर तथा शहर भित्रैबाट समाधान सम्भव छ भन्ने देखाएको छ । फोहोर विसर्जन केन्द्र भन्ने बित्तिकै १०औं कोस पर हुनुपर्दछ, यो दुर्गन्धित हुन्छ भन्ने मान्यता अब पुरानो भइसक्यो । नजिक, पायक पर्ने, छिटो संकलन गर्न सकिने आदि कारणले पनि शहरभित्रको व्यवस्थापनलाई सोच्न सकिन्छ । वर्तमानको बाच्छेबुडुवा डिस्पोजल केन्ऽलाई पनि उपयोगमा ल्याउन सकिन्छ ।

वैज्ञानिक डिस्पोजलको माध्यमबाट फोहोरलाई मोहरमा रूपान्तरण गर्न सकिन्छ । जुन हामी गर्न सक्छौं र जापान अवलोकन भ्रमणको अनुभवले पनि त्यही देखाउँछ ।

फोहोर व्यवस्थापनको दीर्घकालीन समाधानको उपाय सोचेर अगाडि बढौं । भावी पुस्तालाई फेरि फोहोरको चक्रव्यूहमा नफसाई अरू उन्नत विकासको लागि समय दिन हाम्रो अहिलेको पुस्ताले दिगो, वातावरण मैत्री, वैज्ञानिक विधि र समाधानको उपाय प्रयोगमा ल्याउन ढिला नगरौं । फोहोर व्यवस्थापन पोखरेली स्थानीय प्राविधिकले गर्न सक्ने काम हो । खालि विदेशी कम्पनी र विदेशीले मात्र गर्न सक्छ भन्ने मान्यताबाट मुक्त हुन आवश्यक छ ।

म दावाका साथ भन्छु- ‘हामी गर्न सक्छांै र गर्छौं पनि ।’ खालि भाषण, ताली, राजनीतिक खिचातानी, अयोग्य व्यक्तिको छनोटले विकासलाई बन्धक बनाई आफ्नो भलो मात्रै सोच्नाले समस्या जस्ताको तस्तै रहन्छ ।

अबका दिनमा आफ्नो योग्यता र क्षमता बुझेर मात्र पदको दाबी गरौं र अरूको योग्यतालाई कदर गर्न सिकौं । विदेशमा गरेको अनुभव, अवलोकन र भ्रमणका निष्कर्षलाई कार्यान्वयन गरौं । अन्यथा अनावश्यक अवलोकन भ्रमणको अर्थ रहँदैन । जुन अहिले रहेन ।

हिजोबाट पाठ सिक्दै आज फेरि गल्ती नगरी नवनिर्वाचित मेयर तथा सम्पूर्ण टिम कटिबद्ध हुनुपर्दछ र अरू नयाँ आयाम थप्न अगाडि बढ्नुपर्दछ । नत्र हरेक कार्यकाल नयाँ योजना र अवलोकन, अध्ययनमा मात्र बित्नेछ । कार्यान्वयन पक्षलाई चुस्तदुरुस्त राख्न पहल गरौं । फोहोर व्यवस्थापनको वैज्ञानिक दीर्घकालीन समाधान गर्न बाल्यकालबाटै फोहोरको उचित व्यवस्थापन शिक्षा र प्रौढ वर्गको चेतन विकास नै महत्वपूर्ण हुन्छ ।

सम्बन्धित सबैले सुझबुझका साथ सामाजिक योगदानलाई प्रयोगमा ल्याउ“m र भावी पिंढीलाई स्वस्थ र व्यवस्थित पोखरा शहर हस्तान्तरण गरौं । आउँदो पुस्ताले बाँकी स्मार्टसिटीको जिम्मेवारी लिनेछ । अहिले विना पूर्वाधार हतारमा स्मार्टसिटी बनाउने भन्ने फगत नाराको मनोगत बिमारीबाट माथि उठौं । विचार र चेतनालाई स्मार्ट बनाऔं । अनि सिटी आफैं स्मार्टको दिशामा प्राकृतिक रूपले अगाडि जानेछ । चुनावी नारा विना नै जान सक्छ ।

चुनावमा जस्तो आश्वासन दिए पनि हुन्छ भन्ने सुषुप्त सोचलाई बदलौं । जनता सधैं नोकर र नेता सधैं मालिक हुन सक्दैन भन्ने कुरा बुझौं । पद अस्थायी चिज हो, सधैं आफूसँग रहँदैन र पदमा रहुन्जेल आफ्नो जिम्मेवारी बुझौं । नत्र पोखराले पनि नयाँ प्रकृतिको पोखरेली बालेन डक्टि्रनको खोजी नगर्ला भन्न सकिंदैन । पोखरेली जुटौं, पोखरा बनाऔं ।

(पौडेलले जापानको टोकियो युनिभर्सिटीबाट डेभलपमेन्ट एन्ड इन्टरनेशनल रिलेसनमा विद्यावारिधि गरेका छन् ।)

window.fbAsyncInit = function () {
FB.init({
appId: ‘280041239029772’,
xfbml: true,
version: ‘v2.7’
});
};

(function (d, s, id) {
var js, fjs = d.getElementsByTagName(s)[0];
if (d.getElementById(id)) {
return;
}
js = d.createElement(s);
js.id = id;
js.src = “https://connect.facebook.net/en_US/sdk.js”;
fjs.parentNode.insertBefore(js, fjs);
}(document, ‘script’, ‘facebook-jssdk’));

Source link

Leave a Reply

Your email address will not be published.