News Portal

any time News , local election in nepal 2079

पैसा लिएर पनि कार्यक्रम गर्न लण्डन नगएपछि १९७४ एडीविरुद्ध मुद्दा

२८ असार, काठमाडौं । पैसा लिएर पनि कार्यक्रम गर्न लण्डन नगएको भन्दै सांगितिक समूह नाइन्टी सेभेन्टी फोर एडी (१९७४ एडी) विरुद्ध काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर भएको छ ।

बेलायतको एचएबीअ मुभेन्ट लिमिटेडकातर्फबाट ललितपुरका नवीन गुरुङले १९७४ एडी र उसका प्रबन्धक सञ्जय श्रेष्ठसँग ३ लाख रुपैयाँ माग दाबी गर्दै मुद्दा हालेका हुन् ।

लण्डनमा डेढदेखि २ घन्टासम्मको सांगितिक कार्यक्रम आयोजना गर्नका लागि कलाकारको व्यवस्थासहितको प्रदर्शन १९७४ एडीले गर्ने र एचएबीअ मुभेन्ट लिमिटेड आयोजक बन्ने गरी गत चैतमा सहमति भएको थियो ।

सहमति अनुसार १९७४ एडीले पाउने १५ लाख रुपैयाँको पारिश्रमिकको १० प्रतिशत रकम समेत भुक्तानी भइसकेको थियो ।

तर १९७४ एडीले कार्यक्रम गर्नका लागि कुनै चासो नदिएको र आफूहरुले ताकेता गर्दा १० असारका दिन कार्यक्रम गर्न आउँदैनौं र पैसा पनि फिर्ता गर्दैनौं भनेको गुरुङले दायर गरेको फिरादपत्रमा उल्लेख छ ।

फिरादपत्रमा गुरुङले आफूले दिएको अग्रिम भुक्तानी डेढ लाख र कार्यक्रम गर्न आएको कारण भएको क्षति डेढ लाख गरी ३ लाख रुपैयाँ माग गरेका छन् ।

window.fbAsyncInit = function () {
FB.init({
appId: ‘280041239029772’,
xfbml: true,
version: ‘v2.7’
});
};

(function (d, s, id) {
var js, fjs = d.getElementsByTagName(s)[0];
if (d.getElementById(id)) {
return;
}
js = d.createElement(s);
js.id = id;
js.src = “https://connect.facebook.net/en_US/sdk.js”;
fjs.parentNode.insertBefore(js, fjs);
}(document, ‘script’, ‘facebook-jssdk’));

Source link

Leave a Reply

Your email address will not be published.