News Portal

any time News , local election in nepal 2079

पेट्रोलियम डिलर एशोसिएसनका प्रतिनिधिकै पम्पबाट ठगी !

२८ असार, बुटवल । पेट्रोेलियम डिलर एशोसिएसनकै प्रतिनिधिको पेट्रोल पम्पबाट इन्धन बिक्रीमा उपभोक्ता ठगिने गरेको पाइएको छ ।

सोमबार नवलपरासी पश्चिममा संयुक्त जिल्ला बजार अनुगमन समितिले अनुगमन गर्दा उपभोक्तालाई कम परिमाणमा इन्धन दिने गरेको पाइएपछि रामग्राम-६ स्थित सन्तोष आयल स्टोर्समा सिलबन्दी गरिएको छ । उक्त पेट्रोल पम्प पश्चिमाञ्चल पेट्रोेलियम डिलर एशोसिएसनका नवलपरासी पश्चिम जिल्ला प्रतिनिनिधि सन्तोष अग्रवालको हो ।

अनुगमनका क्रममा सन्तोष आयल स्टोर्समा रहेको सि.नं. २ को पेट्रोल वितरण पम्पमा गुणस्तर तथा नापतौल कार्यालय बुटवलले चेकजाँच गर्दा प्रति ५ लिटरमा ७० एमएल कम देखिएको पेट्रोल पम्पमा सिलबन्दी गरिएको संयुक्त बजार अनुगमन समितिका निरीक्षक अधिकृत एवं सहायक प्रमुख जिल्ला अधिकारी रामचन्द्र अर्यालले जानकारी दिए ।

उक्त कार्य स्टाण्डर्ड तथा नापतौल ऐन २०२५ र नियमावली २०२७ विपरीत देखिएकोले सि.नं. २ को पेट्रोल बितरण पम्पबाट पेट्रोल बिक्री बितरण कार्य बन्द गर्न निर्देशन दिएको गुणस्तर तथा नापतौल बुटवलका निरीक्षक दिपेन्द्र रोकाहाले जानकारी दिए ।

अनुगमन टोलीले जिल्लाका ६ वटा पेट्रोल पम्प अनुगमन गरेको घरेलु तथा साना उद्योग कार्यालय नवलपरासीका उद्योग अधिकृत गंगाधर पाण्डेयले बताए ।

पश्चिमाञ्चल पेट्रोलियम डिलर एशोसिएसनका अध्यक्ष प्रेम न्यौपानेले नापतौल कार्यालयले मान्यता नदिएको चाइनिज मेसिनबाट इन्धन बिक्री गरेकाले पनि समस्या आएको हुन सक्ने बताए । उक्त आयल स्टोर्सले मेसिन चेकजाँचका लागि निवेदन समेत दिएको न्यौपानेले बताए ।

window.fbAsyncInit = function () {
FB.init({
appId: ‘280041239029772’,
xfbml: true,
version: ‘v2.7’
});
};

(function (d, s, id) {
var js, fjs = d.getElementsByTagName(s)[0];
if (d.getElementById(id)) {
return;
}
js = d.createElement(s);
js.id = id;
js.src = “https://connect.facebook.net/en_US/sdk.js”;
fjs.parentNode.insertBefore(js, fjs);
}(document, ‘script’, ‘facebook-jssdk’));

Source link

Leave a Reply

Your email address will not be published.