News Portal

any time News , local election in nepal 2079

किशोरी बलात्कार गरी फरार भएको आरोपमा टिपर चालक पक्राउ

२८ असार, काठमाडौं ।  किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना टिपर चालक पक्राउ परेका छन् ।

१७ वर्षीय किशोरीलाई बलात्कार गरी फरार रहेको आरोपमा दोलखाको गौरीशंकर गाउँपालिका-८ घर भएका ज्ञानबहादुर नेपालीलाई प्रहरीले पक्राउ गरेको हो ।

गत शुक्रबार दोलखाबाट-काठमाडौंतर्फ आउँदै गरेको टिपरमा चढेकी किशोरीलाई घर पुर्‍याइदिने भनी चन्द्रगिरि नगरपालिका-७ थानकोटमा पार्किङ गरेर चालक नेपालीले टिपरमै बलात्कार गरेको प्रहरीको दाबी छ ।

किशोरीलाई बलात्कार गरी चालक टिपर छोडेर फरार भएको खबर पाउनसाथ खटिएको प्रहरी वृत्त थानकोटको टोलीले नेपालीलाई काठमाडौं महानगरपालिका-१४ कलंकीबाट पक्राउ गरेको हो ।

उनलाई जिल्ला अदालत काठमाडौंबाट ५ दिन म्याद थप गराई करणीसम्बन्धी कसुरमा थप अनुसन्धान सुरु गरिएको प्रहरीले जानकारी दिएको ।

 

window.fbAsyncInit = function () {
FB.init({
appId: ‘280041239029772’,
xfbml: true,
version: ‘v2.7’
});
};

(function (d, s, id) {
var js, fjs = d.getElementsByTagName(s)[0];
if (d.getElementById(id)) {
return;
}
js = d.createElement(s);
js.id = id;
js.src = “https://connect.facebook.net/en_US/sdk.js”;
fjs.parentNode.insertBefore(js, fjs);
}(document, ‘script’, ‘facebook-jssdk’));

Source link

Leave a Reply

Your email address will not be published.