News Portal

any time News , local election in nepal 2079

कास्कीमा रुखमा झुण्डिएको अवस्थामा २ जनाको शव भेटियो

घटनास्थलमा फेला परेका कागजातहरु

२८ असार, पोखरा । कास्कीको अन्नपूर्ण गाउँपालिका–७ पानीपोखरी भन्ने स्थानको जंगलमा झुण्डिएको अवस्थामा दुई जनाको शव फेला परेको छ ।

उनीहरुको साथमा भएको नागरिकता, पासपोर्ट लगायतका कागजपत्रको आधारमा उनीहरु काभ्रेको बनेपा नगरपालिका–१ का २८ वर्षीया सुदिना कर्माचार्य र ३२ वर्षीय दिवाकर थापा रहेको खुलेको प्रहरीले जनाएको छ ।

घाँस काट्न गएको बेला स्थानीयले रुखमा झुण्डिएको शव देखेर प्रहरीलाई खबर गरेका थिए । प्रहरी स्रोतका अनुसार शव केही दिन पुरानो देखिन्छ । यसबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।

शवबारे आइतबार राति नै खबर आएपनि सोमबारमात्रै त्यहाँ पुगेर पोखरा ल्याउन सकिएको जिल्ला प्रहरी कास्कीले जनाएको छ । ‘हामीलाई शवबारे आइतबार राति खबर आएको थियो । हिजो प्रहरी घटनास्थलमा पुगेर कानुनी प्रक्रिया पुर्याएर पोस्टमार्टमका लागि पोखरा ल्याएका छौं,’ जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डिएपी सुन्दर तिवारीले भने । शव पोस्टमार्टमका लागि पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा राखिएको छ ।

‘इन्डिया जान्छु भनेर घर छोडेका रहेछन्’

प्रारम्भिक अनुसन्धानका क्रममा उनीहरू भारत जाने भन्दै घरबाट हिँडेको खुलेको डिएसपी तिवारीले जानकारी दिए । तर, भारत नगई पोखरा आएर कास्कीकै अन्नपूर्ण गाउँपालिका क्षेत्रका होटलमा बसेको खुलेको प्रहरीले जनाएको छ ।

‘असार १४ गतेसम्म उहाँहरु बसेको होटल भेटियो । त्यसपछि उहाँहरु कहाँ बस्नुभयो भन्ने जानकारी छैन,’ डिएसपी तिवारीले अनलाइनखबरसँग भने, ‘यसको मतलब यो घटना १६, १७ गतेको पनि हुन सक्छ । हामी ठ्याक्कै यति दिन पुरानो शव भन्न सक्दैनौं । तर सडे, गल्न थालेकोमा चाहिँ भेटेको हो ।’

 

window.fbAsyncInit = function () {
FB.init({
appId: ‘280041239029772’,
xfbml: true,
version: ‘v2.7’
});
};

(function (d, s, id) {
var js, fjs = d.getElementsByTagName(s)[0];
if (d.getElementById(id)) {
return;
}
js = d.createElement(s);
js.id = id;
js.src = “https://connect.facebook.net/en_US/sdk.js”;
fjs.parentNode.insertBefore(js, fjs);
}(document, ‘script’, ‘facebook-jssdk’));

Source link

Leave a Reply

Your email address will not be published.