News Portal

any time News , local election in nepal 2079

उदयपुर सिमेन्ट उद्योगबाट उत्पादन बन्द – Online Khabar

२८ असार, काठमाडौं । विद्युत अभावमा उदयपुर सिमेन्ट उद्योगबाट उत्पादन बन्द भएको छ ।

उद्योग पूर्णरुपमा सन्चालन हुन ६ मेगावाट विद्युत आवश्यक पर्नेमा हाल दुई मेगावाट मात्र बिजुली आपूर्ति भएकाले सिमेन्ट उत्पादन रोकिएको उद्योगका निमित्त प्रमुख गोपी न्यौपानेले जानकारी दिए ।

उद्योग बन्द हुँदा यो आर्थिक वर्षमा २४ लाख बोरा सिमेन्ट उत्पादन गर्ने लक्ष्य पूरा नहुने देखिएको न्यौपानेले बताए । उनका अनुसार हालसम्म २१ लाख बोरा सिमेन्ट भइसकेको छ ।

यही असार ९ गते लहानस्थित टावरमा चट्याङ लागेपछि विद्युत आपूर्ति बन्द भएको थियो । त्यसपछि सोलु करिडोरको लाइनबाट विद्युत आपूर्ति गरिएको छ । तर यो बिजुली २ मेगावाटको मात्र भएकाले सिमेन्ट उद्योग सन्चालन गर्न पुग्दैन ।

उदयपुर सिमेन्ट उद्योगका निमित्त प्रमुख न्यौपानेले अनलाइनखबरसँग भने, ‘हामीलाई र मिल, किल र सिमेन्ट उत्पादनका मेसिन चलाउन ६ मेवागाटसम्म बिजुली आवश्यक पर्छ तर अहिले सोलु करिडोरमा २ मेगावाट बिजुली मात्र प्राप्त भइरहेकाले उत्पादनको काम रोकिएको छ । दुई मेगावाट बिजुली त लाइटिङ लगायतका काममा ठिक्क हुन्छ ।’

नेपाल विद्युत प्राधिकरण र उद्योगको टोली समस्या समाधानका लागि सक्रिय रहेकाले केही दिनमै उद्योगलाई चाहिने जति बिजुली आपूर्ति हुनेमा आफू विश्वस्त रहेको उनले बताए ।

 

window.fbAsyncInit = function () {
FB.init({
appId: ‘280041239029772’,
xfbml: true,
version: ‘v2.7’
});
};

(function (d, s, id) {
var js, fjs = d.getElementsByTagName(s)[0];
if (d.getElementById(id)) {
return;
}
js = d.createElement(s);
js.id = id;
js.src = “https://connect.facebook.net/en_US/sdk.js”;
fjs.parentNode.insertBefore(js, fjs);
}(document, ‘script’, ‘facebook-jssdk’));

Source link

Leave a Reply

Your email address will not be published.