News Portal

any time News , local election in nepal 2079

मेयर आमालाई छोराको ज्ञापनपत्र – Online Khabar

२७ असार, काठमाडौं । हेटौंडा उपमहानगरपालिकाका मेयर मिनाकुमारी लामालाई उनका छोरा सुपेन लामाले ज्ञापन पत्र बुझाएका छन् ।

नेकपा एकीकृत समाजवादी निकट विद्यार्थी संगठन अनेरास्ववियू हेटौंडा उपमहानगरपालिका कमिटीका अध्यक्ष रहेका सुपेनले उपमहानगरभित्र शिक्षा क्षेत्रमा विकृति देखापरेको भन्दै ज्ञापन पत्र पेश गरेका हुन् ।

ज्ञापन पत्र बुझाउँदै उनले विद्यार्थीसँग मेयर कार्यक्रम, अंग्रेजी र नेपाली माध्यमका विद्यार्थीहरुलाई फरक फरक शुल्क लिने व्यवस्थाको खारेजी, हरेक विद्यालयमा एक खेलकुद शिक्षक र एक नर्स अनिवार्य गर्नुपर्ने, शौचालय र धाराको व्यवस्थापन राम्रो हुुनपर्ने माग राखेका थिए ।

उनले उपमहानगरको मेयरलाई आफ्नो आमाको रुपमा भन्दा पनि जनप्रतिनिधिका रुपमा विद्यार्थीको समस्या राखेको बताए । उनले मागहरु सम्बोन्धन नभए अर्को चरणमा छलफल गर्ने बताए ।

हेटौंडा उपमहानगरपालिकाकी मेयर मीना लामाले छोराले ज्ञापन पत्र बुझाएता पनि छोराको रुपमा भन्दा पनि विद्यार्थीको रुपमा लिएको बताइन् ।

‘सुपेनले ज्ञापन पत्र बुझाउँदा विद्यार्थीको मुद्दा लिएर आएको हो । सक्ने जति सम्बोधन गर्छौं, तत्काल नसक्ने मागहरु विस्तारै सम्बोधन हुन्छ । कार्यालयमा आउँदा पारिवारिक कुरा नै भएन । उ आफ्नो संगठनको दलबल सहित आएको थियो’, मेयर लामाले बताइन् ।

window.fbAsyncInit = function () {
FB.init({
appId: ‘280041239029772’,
xfbml: true,
version: ‘v2.7’
});
};

(function (d, s, id) {
var js, fjs = d.getElementsByTagName(s)[0];
if (d.getElementById(id)) {
return;
}
js = d.createElement(s);
js.id = id;
js.src = “https://connect.facebook.net/en_US/sdk.js”;
fjs.parentNode.insertBefore(js, fjs);
}(document, ‘script’, ‘facebook-jssdk’));

Source link

Leave a Reply

Your email address will not be published.