News Portal

any time News , local election in nepal 2079

मूल्यवृद्धि ६ वर्षयताकै उच्च, विदेशी मुद्रा सञ्चितिमा झिनो सुधार 

२७ असार, काठमाडौं । बजारमा महँगी उच्च दरमा बढेको छ, गत जेठमा मूल्यवृद्धिदर ६ वर्षयताकै उच्च विन्दुमा पुगेको नेपाल राष्ट्र बैंकको प्रतिवेदनले नै देखाएको छ । चालु आर्थिक वर्षको जेठ महिनामा समग्र मूल्यवृद्धिदर ८.५६ प्रतिशत पुगेको छ ।

राष्ट्र बैंकको आर्थिक अनुसन्धान विभाग प्रमुख तथा कार्यकारी निर्देशक प्रकाशकुमार श्रेष्ठ आर्थिक वर्ष २०७२/७३पछिको मुद्रास्फीति उच्च विन्दुमा पुगेको बताउँछन् ।

२०७३को भदौमा मूल्यवृद्धिदर ७.९ प्रतिशत थियो । त्यसपछि वाञ्चित सीमाभित्र रहँदै आएको मूल्यवृद्धिदर ६ वर्षपछि फेरि ८.५६ को विन्दुमा पुगेको हो । राष्ट्र बै.कको प्रतिवेदनअनुसार गत आर्थिक वर्षको ११ महिनामा यस्तो मूल्यवृद्धिदर ४.१९ प्रतिशत थियो ।

खाद्य तथा पेय पदार्थ समूहको मुद्रास्फीति ७.४३ र गैर खाद्य तथा सेवा समूहको मुद्रास्फीति ९.४४ प्रतिशत रहेको केन्द्रीय बैंकले जनाएको छ । २०७८ जेठको तुलनामा यस जेठमा खाद्य तथा पेय पदार्थ समूह अन्तर्गत घ्यू तेलको मूल्य २२.६० प्रतिशतले बढेको छ ।

यस्तै दुग्ध पदार्थ तथा अण्डाको मूल्यवृद्धि ११.२२ प्रतिशत छ । सुर्तीजन्य पदार्थको मूल्यवृद्धि ९.७० प्रतिशत छ भने मदिराजन्य पेय पदार्थको र दाल तथा गेडागुडीको मूल्यवृद्धि क्रमशः ९.६८ र ९.१३ प्रतिशत छ ।

गैर खाद्य तथा सेवा उपसमूह अन्तरगत यातायातमा २५.७९, शिक्षामा ११.६४ र फर्निसिङ तथा घरायसी उपकरण ८.२१ प्रतिशत पुगेको छ । यस्तै मनोरञ्जन तथा संस्कृति र घरायसी उपयोगका वस्तुहरुको उपसमूहको मुद्रास्फीति ८.२१ र ७.८४ प्रतिशत पुगेको छ ।

समीक्षा अवधिमा काठमाडौंमा मूल्यवृद्धि झण्डै तीन गुणाले बढेको छ । चालु आवको ११ महिनामा मुद्रास्फीति काठमाडौं उपत्यकामा ८.३२ प्रतिशत, तराईमा ८.२९ प्रतिशत र पहाडमा ९.२८ प्रतिशत छ । यस्तै हिमाली क्षेत्रमा मुद्रास्फीति ८.९२ प्रतिशत पुगेको छ । गत आवको समीक्षा अवधिमा यस्तो मुद्रास्फीति क्रमशः ३.८७, ४.४७, ४.३२ र १.७३ प्रतिशत थियो ।

शोधनान्तर खुम्चियो, बढ्यो विदेशी मुद्रा 

विदेशी मुद्राको सञ्चिति लगातार घटिरहेको समयमा जेठ महिनामा आएर सञ्चितिमा आंशिक सुधार भएको छ । शोधनान्तर घाटा केही खुम्चिएको छ । सरकारले गरेको नगद मार्जिनको व्यवस्था, विभिन्न वस्तुको आयातमा गरेको कडाइका लगायतका आयातको दर ठूलो रुपमा बढ्न नपाउँदा विदेशी मुद्रा सञ्चिति र शोधनान्तरको अवस्था केही सुधि्रएको हो । त्यसैगरी रेमिट्यानन्समा भएको वृद्धि, पर्यटन लगायतका सेवा आयमा भएको सुधारले पनि सञ्चितिको अवस्था सुधारेको देखिन्छ ।

चालु आर्थिक वर्षको ११ महिनामा मुलुक भित्रने भन्दा बाहिरिने रकम बढी हुँदा मुलुकको शोधनान्तर स्थिति चालु आर्थिक वर्षको ११ महिना -जेठ मसान्तसम्म) मा २६९ अर्ब रुपैयाँ घाटामा पुगेको छ ।

यो आर्थिक वर्षको पहिलो वर्षबाटै उच्च आयात, कमजोर निर्यात, सुस्त विप्रेषण आप्रवाह तथा कमजोर पर्यटक आगमनले मुलुक भित्रिने रकम कम भएको हो । यसले शोधनान्तर स्थिति निरन्तर घाटामा गएको हो ।

अघिल्लो आर्थिक वर्ष २०७७/७८ को यसै अवधिमा शोधनान्तर स्थिति १५ अर्ब १५ करोड रुपैयाँले घाटामा थियो । अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा १४ करोड ८ लाखले घाटामा रहेको शोधनान्तर स्थिति यस आवमा भने २ अर्ब २६ करोड डलरले घाटामा रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ ।

यस अवधिमा चालु खाता ५९५ अर्ब ७३ करोड रुपैयाँले घाटामा रहेको नेपाल राष्ट्र बैंकको तथ्यांक छ । अघिल्लो वर्ष यसै अवधिमा चालु खाता २८९ अर्ब ११ करोड रुपैयाँ घाटामा रहेको थियो ।

यसअवधिमा पूँजीगत ट्रान्सफरमा ३२.९ प्रतिशतले कमी आई ९ अर्ब ४९ करोड रुपैयाँ कायम भएको छ । तर, खुद प्रत्यक्ष वैदेशिक लगानीमा भने ७.१ प्रतिशतले वृद्धि भई १७ अर्ब ३५ करोड रुपैयाँ पुगेको छ । अघिल्लो आवको यसै अवधिमा वैदेशिक लगानी १४ अर्ब १५ करोड रुपैयाँ मात्र थियो ।

चालु आर्थिक वर्षको ११ औं महिनामा ९ खर्ब ४ अर्ब रुपैयाँ रेमिट्यान्स भित्रिएको छ । जेठ महिनामा मात्र ९३ अर्ब रुपैयाँ रेमिट्यान्स भित्रिएको छ ।

चालु आवमा गत आवको तुलनामा ३.८ प्रतिशतले विप्रेषण आप्रवाह बढेको नेपाल राष्ट्र बैंकले जनाएको छ । अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह १२.६ प्रतिशतले बढेको थियो । अमेरिकी डलरमा विप्रेषण आप्रवाह १.५ प्रतिशतले बढेर ७ अर्ब ५१ करोड पुगेको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह १०.५ प्रतिशतले बढेको थियो ।

जेठसम्म वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत-नयाँ र वैधानिकीकरण) लिने नेपालीको संख्या ३ लाख १३ हजार ३६७ पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या ६८ प्रतिशतले घटेको थियो ।

त्यसैगरी, वैदेशिक रोजगारीका लागि पुनः श्रम स्वीकृति लिने नेपालीको संख्या समीक्षा अवधिमा २ गुणाले बढेर २ लाख ५९ हजार ९१ पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या ५२.१ प्रतिशतले घटेको थियो ।

जेठ महिनामा वैदेशिक मुद्रा सञ्चितिमा आंशिक सुधार भएको छ । जेठ मसान्तमा आइपुग्दा ११ खर्ब ७६ अर्ब ८४ करोड रुपैयाँ बराबरको विदेशी मुद्रा सञ्चिति कायम भएको छ ।

वैशाख मसान्तमा यस्तो सञ्चिति ११ खर्ब ४६ अर्ब ८८ करोड रुपैयाँ बराबर थियो । एकै महिनामा २९ अर्ब ९६ करोड रुपैयाँ बराबरको सञ्चिति बढेको छ ।

२०७८ असार मसान्तमा १३ खर्ब ९९ अर्ब ३ करोड रुपैयाँ बराबर रहेको कुल विदेशी विनिमय सञ्चिति १५.९ प्रतिशतले घटेर जेठ २०७९ मा ११ खर्ब ७६ अर्ब ८४ करोड रुपैयाँ कायम भएको नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांकमा देखिन्छ ।

अमेरिकी डलरमा यस्तो सञ्चिति २०७८ असार मसान्तमा ११ अर्ब ७५ करोड रहेकोमा २०७९ जेठ मसान्तमा १९.६ प्रतिशतले घटेर ९ अर्ब ४५ करोड कायम भएको राष्ट्र बैंकले जनाएको छ ।

विदेशी मुद्रामध्ये १० खर्ब ३१ अर्ब ८९ करोड रुपैयाँ केन्द्रीय बैंकमा र बाँकी १४४ अर्ब ९५ करोड रुपैयाँ अन्य बैंकहरुसँग छ ।

आर्थिक वर्ष २०७८/७९ को ११ महिनाको आयातलाई आधार मान्दा बैकिङ क्षेत्रसँग रहेको विदेशी विनिमय सञ्चिति ७.५३ महिनाको वस्तु आयात र ६.७३ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त हुने राष्ट्र बैंकले जनाएको छ ।

जेठमा विदेशी विनिमय सञ्चिति ७.३४ महिनाको वस्तु आयात र ६.५७ महिनाको वस्तु तथा सेवा आयात धान्न मात्रै पर्याप्त थियो ।

२०७९ जेठ मसान्तमा विदेशी विनिमय सञ्चितिको कुल गार्हस्थ्य उत्पादनसँगको अनुपात २४.३ प्रतिशत, कुल आयातसँग ५६.१ प्रतिशत र विस्तृत मुद्राप्रदायसँग २२.० प्रतिशत छ ।

बैंक ब्याजदर पुरानै बाटोमा

बैंक तथा वित्तीय संस्थामा कर्जा ब्याजदर ‘प्रि-कोभिड’ को नजिक पुगेको छ । चालु आर्थिक वर्षको जेठ मसान्तमा वाणिज्य बैंकहरुको निक्षेपको भारित औसत व्याजदर ११.५४ प्रतिशत पुगेको नेपाल राष्ट्र बैंकले जनाएको छ । चैत मसान्त २०७६ मा वाणिज्य बैंकहरुको कर्जाको भारित औसत व्याजदर ११.७७ प्रतिशत रहेको थियो ।

वाणिज्य बैंकहरुको औसत आधार व्याजदर (बेस रेट) भने ‘प्रि-कोभिड’ को भन्दा माथि पुगेको छ । चैत २०७६ मा ९.३६ प्रतिशत रहेको वाणिज्य बैंकको बेस रेट ९.३९ प्रतिशत पुगेको राष्ट्र बैंकले जनाएको छ । असार मासान्त २०७८ मा भने वाणिज्य बैंकहरुको बेस रेट ६.८६ प्रतिशतमा झरेको थियो ।

कोभिड-१९ को समयमा बैंकिङ प्रणालीमा बढेको तरलतासँगै घटेको ब्याजदर चालु आर्थिक वर्षको दोस्रो त्रैमासदेखि क्रमशः उकालो लागेको छ । २०७८ असार मसान्तमा ८.४३ प्रतिशत रहेको कर्जाको भारित औसत व्याजदर ९ महिनामा ३.११ प्रतिशले वृद्धि भएको छ । लगानीमा रहेको कर्जाको व्याजदर लगातार बढ्दै गएको छ । नयाँ कर्जाको व्याजदर ‘पि्र-कोभिड’ को भन्दा माथि पुगेको राष्ट्र बैंककै अधिकारीहरु बताउँछन् ।

निक्षेपको व्याजदर उकालो लाग्दा कर्जाको व्याजदर पनि बढेको हो । चैत मसान्त २०७६ मा निक्षेपको भारित औसत व्याजदर ६.७४ प्रतिशत रहेकोमा असार मसान्त २०७८ मा ४.६५ प्रतिशतमा घटेको थियो । तर, २०७९ जेठमा आउँदा निक्षेपको भारित औसत व्याजदर बढेर ७.३४ प्रतिशत पुगेको छ ।

निक्षेपको व्याजदर पनि ‘पि्र-कोभिड’ को भन्दा माथि पुगेको हो । राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले मुद्रास्फीति लक्ष्यभन्दा माथि पुगेको भन्दै नियन्त्रण गर्न व्याजदर बढाउनुपर्ने बताइरहेका छन् । यसले व्याजदर अझै माथि जाने देखिन्छ ।

विस्तृत मुद्राप्रदाय कस्तो छ ?  

नेपाल राष्ट्र बैंकले चालु मौद्रिक  नीतिमा साढे ६ प्रतिशभित्र मुद्रास्फीति राख्ने लक्ष्यसहित विस्तृत मुऽाप्रदायको विस्तार १८ प्रतिशत र निजी क्षेत्रतर्फको कर्जा विस्तार १९ प्रतिशत हुने प्रक्षेपण गरेको थियो । तर, आर्थिक वर्ष सकिन लाग्दा कर्जा विस्तार र विस्तृत मुद्राप्रदायको बिस्तार न्यून हुँदा पनि मुद्रास्फीति भने ८ प्रतिशत नाघेको छ ।

आर्थिक वर्ष २०७८/७९ को ११ महिनामा विस्तृत मुद्राप्रदाय ३.९ प्रतिशत मात्रै र मौदि्रक क्षेत्रको निजी क्षेत्रमाथिको दावी १५ प्रतिशतले बढेको जनाएको छ ।

असारमा बैंकहरुको कर्जा विस्तार खासै नबढेको हुँदा मौद्रिक क्षेत्रको निजी क्षेत्र माथिको दावी बढ्ने अवस्था छैन । तर, बैंकिङ प्रणालीमा निक्षेप केही सुधारोन्मुख रहँदा विस्तृत मुद्राप्रदाय भने केही बढेपनि लक्षित सीमाभन्दा तलै रहनेछ ।

window.fbAsyncInit = function () {
FB.init({
appId: ‘280041239029772’,
xfbml: true,
version: ‘v2.7’
});
};

(function (d, s, id) {
var js, fjs = d.getElementsByTagName(s)[0];
if (d.getElementById(id)) {
return;
}
js = d.createElement(s);
js.id = id;
js.src = “https://connect.facebook.net/en_US/sdk.js”;
fjs.parentNode.insertBefore(js, fjs);
}(document, ‘script’, ‘facebook-jssdk’));

Source link

Leave a Reply

Your email address will not be published.