News Portal

any time News , local election in nepal 2079

धोबिखोलामा फोहोर फाल्ने कम्पनीलाई २५ हजार जरिवाना

२७ असार, काठमाडौं । काठमाडौं महानगरपालिकाले धोवीखोलामा फोहोर फाल्ने कम्पनीलाई २५ हजार रुपैयाँ जरिवाना गरेको छ ।

महानगरपालिका ९ को प्राक्टिकल वेष्ट सोलुसन प्रालिलाई महानगरले नियमविपरित खोलामा फोहोर फालेको भन्दै प्रशासनिक जरिवाना स्वरुप २५ हजार रुपैयाँ तिराएको मेयर बालेन्द साहले जानकारी दिएका छन् ।

उनले सामाजिक सञ्जालमा चर्चा भएपछि अनुसन्धान गरेर कारबाही गरेको बताए ।

मेयर बालेनले सामाजिक सञ्जालमा अवाञ्छित काम नगर्न अनुरोध गर्दै लेखेका छन्, ‘कुनै पनि अवाञ्छित कार्यहरु कसैले पनि नगर्न र कसैले गरेमा त्यसप्रति सबै चनाखो रहन जरुरी छ । यस्ता कार्यहरु सार्वजनिक गरेर महानगरसम्म पु¥याइदिनु भएकोमा धन्यवाद छ । आगामी दिनहरुमा यस्ता कार्य नदोहोर्‍याउन र गरेको देखेमा यसरी नै सार्वजनिक ध्यानाकर्षणमा ल्याइदिन अनुरोध गर्दछौँ ।’

प्राक्टिकल वेष्ट सोलुसन प्रालिले ‌घरघरबाट स‌ंकलन गरेको फोहोर धोबीखोलामा ल्याएर फालेको थियो ।

window.fbAsyncInit = function () {
FB.init({
appId: ‘280041239029772’,
xfbml: true,
version: ‘v2.7’
});
};

(function (d, s, id) {
var js, fjs = d.getElementsByTagName(s)[0];
if (d.getElementById(id)) {
return;
}
js = d.createElement(s);
js.id = id;
js.src = “https://connect.facebook.net/en_US/sdk.js”;
fjs.parentNode.insertBefore(js, fjs);
}(document, ‘script’, ‘facebook-jssdk’));

Source link

Leave a Reply

Your email address will not be published.