आफ्नो भूभाग फिर्ता चाहियो भन्नु अर्घेल्याइँ होइन : ओली – Online Khabar
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली । फाइल तस्वीर
७ असार, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफ्नो भूभाग फिर्ता चाहियो भन्नु अर्घेल्याइँ नभएको बताएका छन् ।
पूर्व राजदूतहरुको समूहसँग आज भएको छलफलमा पूर्व प्रधानमन्त्री समेत रहेका ओलीले कालापानी, लिपुलेक र लिम्पियाधुरा सुगौली सन्धिपछि १४६ वर्षसम्म नेपालले भोगचलन गरेको भूभाग भएको बताए ।
एउटा समय सन्दर्भमा कालापानीमा भारतीय फौज आएर बसेको भन्दै उनले अघि भने, ‘कालापानीमा भारतीय फौज भएकाले त्यसभन्दा उता लिम्पियाधुरा र लिपुलेकमा नेपाली प्रवेश गर्नै सकेनन् । यो यथार्थ हो । अहिले नेपालीले भन्न सकेनन् भने पनि अलिपछि भन्छन्, भन्नैपर्छ ।’
उनले अघि भने, ‘हाम्रो भूभाग फिर्ता चाहियो भन्नु अर्घेल्याइँ होइन, सम्बन्ध बिगार्ने कुरा पनि होइन ।’
भारतीय प्राधनमन्त्रीसँग भएका भेटहरुमा आफूले यसबारे खुलस्त छलफल गरेको भन्दै ओलीले राजनीतिक खचपच नभएको भए यो विषय सल्टिसक्थ्यो जस्तो लागेको समेत बताए ।
window.fbAsyncInit = function () {
FB.init({
appId: ‘280041239029772’,
xfbml: true,
version: ‘v2.7’
});
};
(function (d, s, id) {
var js, fjs = d.getElementsByTagName(s)[0];
if (d.getElementById(id)) {
return;
}
js = d.createElement(s);
js.id = id;
js.src = “https://connect.facebook.net/en_US/sdk.js”;
fjs.parentNode.insertBefore(js, fjs);
}(document, ‘script’, ‘facebook-jssdk’));