Sunday, October 2, 2022

आज बजेट पारित गर्ने तयारी – Online Khabar

१ असार, काठमाडौं । आर्थिक वर्ष २०७९/८० को बजेट प्रतिनिधि सभाको आजको बैठकबाट पारित गर्ने तयारी छ । त्यसका लागि आज बिहान ११ बजे प्रतिनिधि सभाको बैठक बोलाइएको छ ।

संसद सचिवालयले सार्वजनिक गरेको आजको सम्भावित कार्यसूचीमा विभिन्न १२ मन्त्रालयको बजेटबारे उठेका प्रश्नको सम्वन्धित मन्त्रीले जवाफ दिने, विभिन्न सांसदहरुले खर्च कटौतीको प्रस्ताव गर्ने र अर्थमन्त्री जनार्दन शर्माले बजेट पारित गरियोस् भनेर प्रस्ताव प्रस्तुत गर्ने उल्लेख छ । बजेट पारित भएपछि नयाँ आर्थिक वर्षमा सरकारी ढुकुटीबाट खर्च गर्ने बाटो खुल्दछ ।

गत असार १५ गते अर्थमन्त्री शर्माले १७ खर्ब, ९३ अर्ब ८३ करोड रुपैयाँको बजेट संघीय संसदमा प्रस्तुत गरेका थिए । तर बजेट सार्वजनिक गर्नुअघि मन्त्रालयमा अनधिकृत व्यक्तिलाई प्रवेश दिई करका दर हेरफेर गरेको भन्ने समाचार सार्वजनिक भएको भन्दै प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले मन्त्री शर्माको राजीनामा मागेको छ ।

तर अर्थ मन्त्रालय र मन्त्री शर्माले उक्त आरोप तथ्यहीन भएको भन्दै खण्डन गरिसकेका छन् । मंगलबारको बैठकमा मन्त्री शर्माले दिएको जवाफ चित्तबुझ्दो नभएको भन्दै एमाले सांसदहरुले बैठक अवरुद्ध पारेका थिए ।

एमालेले उक्त घटनाबारे छानबिनका लागि संसदीय समिति नबन्दासम्म संसदको अवरोध कायमै रहने बताएको छ ।

window.fbAsyncInit = function () {
FB.init({
appId: ‘280041239029772’,
xfbml: true,
version: ‘v2.7’
});
};

(function (d, s, id) {
var js, fjs = d.getElementsByTagName(s)[0];
if (d.getElementById(id)) {
return;
}
js = d.createElement(s);
js.id = id;
js.src = “https://connect.facebook.net/en_US/sdk.js”;
fjs.parentNode.insertBefore(js, fjs);
}(document, ‘script’, ‘facebook-jssdk’));

Source link

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -

Most Popular

Recent Comments