Tuesday, October 4, 2022

उद्धव पौडेल र चन्द्रबहादुर गुरुङ राप्रपामा फर्किए

३१ जेठ, काठमाडौं । कमल थापा नेतृत्वको राप्रपा नेपालबाट अलग भएका उद्धव पौडेल र चन्द्रबहादुर गुरूङ राजेन्द्र लिङ्देन नेतृत्वको राप्रपामा फर्किएका छन् ।

उनीहरुलाई राप्रपा अध्यक्ष लिङ्देनले सोमबार पार्टीमा स्वागत गरेका राप्रपाका प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिए ।

महाधिवेशनमा लिङ्देनसँग पराजित भएपछि थापाले राप्रपा नेपाल व्युँताएका थिए । त्यतिबेला पौडेल र गुरुङले थापालाई साथ दिएका थिए । तर गत वैशाखमा उनीहरु राप्रपा नेपालबाट अलग भएका थिए ।

कमल थापाले राजसंस्था नबोक्ने निर्णय गरेपछि र स्थानीय चुनावमा एमालेसँग सहकार्य गर्ने नीति लिएपछि पौडेल र गुरुङ असन्तुष्ट थिए । पौडेल राप्रपा नेपालको केन्द्रीय उपाध्यक्ष र गुरुङ केन्द्रीय कोषाध्यक्षको जिम्मेवारीमा थिए ।

राप्रपामा उनीहरुलाई के जिम्मेवारी दिने भन्ने टुंगो लागिसकेको छैन । तर अध्यक्ष लिङ्देनले उचित जिम्मेवारी दिने बताएको उनी निकट स्रोतले बतायो ।

window.fbAsyncInit = function () {
FB.init({
appId: ‘280041239029772’,
xfbml: true,
version: ‘v2.7’
});
};

(function (d, s, id) {
var js, fjs = d.getElementsByTagName(s)[0];
if (d.getElementById(id)) {
return;
}
js = d.createElement(s);
js.id = id;
js.src = “https://connect.facebook.net/en_US/sdk.js”;
fjs.parentNode.insertBefore(js, fjs);
}(document, ‘script’, ‘facebook-jssdk’));

Source link

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -

Most Popular

Recent Comments