Monday, October 3, 2022

अन्तर संवैधानिक निकाय हाजिरीजवाफ प्रतियोगितामा लोक सेवा पहिलो

३१ जेठ, काठमाडौं । अन्तर संवैधानिक निकाय हाजिरीजवाफ प्रतियोगितामा लोक सेवा आयोग पहिलो भएको छ । प्रतिस्पर्धामा सहभागी आठ टोलीलाई पछि पार्दै लोक सेवा आयोग पहिलो भएको हो ।

लोक सेवाको टोलीमा शाखा अधिकृतद्वय तिलक सापकोटा र मदन कुमार बजगाईं तथा नायब सुब्बा ईश्वरी अधिकारी थिए ।

मंगलबार भएको फाइनल प्रतिस्पर्धामा लोक सेवा आयोगको टिमले ९० अंक प्राप्त गरेर पहिलो भयो । ८० अंकसहित थारु आयोग दोस्रो भयो । ५५ अंकसहित अख्तियार दुरुपयोग अनुसन्धान आयोग तेस्रो र ४५ अंकसहित मानव अधिकार आयोग चौथो भए ।

विजेताहरुलाई लोक सेवा आयोगका अध्यक्ष माधव रेग्मी, सचिव महेन्द्र गुरागाईं र आयोगका सदस्यहरुले शिल्ड, मेडल र प्रमाणपत्र वितरण गरे ।

लोक सेवा आयोगको ७२ औं वार्षिक उत्सवको अवसरमा लोक सेवा आयोगले अन्तर संवैधानिक हाजिरीजवाफ प्रतियोगिता आयोजना गरेको थियो । आठ टोलीलाई दुई समूहमा विभाजन गरी प्रतिस्पर्धा गराइएको थियो । दुई समूहबाट उत्कृष्ट दुई÷दुई वटा टोली फाइनलमा पुगेका थिए ।

हाजिरीजवाफ प्रतियोगिताको प्रश्न पनि लोक सेवा आयोगले लिने परीक्षाकै शैलीमा विज्ञ समूहबाट निर्माण गरिएको थियो ।

window.fbAsyncInit = function () {
FB.init({
appId: ‘280041239029772’,
xfbml: true,
version: ‘v2.7’
});
};

(function (d, s, id) {
var js, fjs = d.getElementsByTagName(s)[0];
if (d.getElementById(id)) {
return;
}
js = d.createElement(s);
js.id = id;
js.src = “https://connect.facebook.net/en_US/sdk.js”;
fjs.parentNode.insertBefore(js, fjs);
}(document, ‘script’, ‘facebook-jssdk’));

Source link

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -

Most Popular

Recent Comments