Tuesday, October 4, 2022

किसानका लागि आवश्यक मलको व्यवस्था गर्न सरकारसँग माग

३० जेठ, काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका सांसद राजेन्द्रकुमार राईले तत्काल किसानका लागि आवश्यक मलको व्यवस्था गर्न सरकारसँग माग गरेका छन् ।

सांसद राईले किसानको लागि अतिआवश्यक मलको व्यवस्था तत्काल गर्न नसके सरकारको औचित्य समाप्त हुने चेतावनीसमेत दिए ।

सोमबार प्रतिनिधिसभा बैठकमा पार्टी संसदीय दलको तर्फबाट प्रस्तुत रासायनिक मल र त्यसको भण्डारणसम्बन्धि जरुरी सार्वजनिक महत्वको प्रस्तावको समर्थन गर्दै उनले मलको अभावमा किसानहरु छटपटाई रहेको उल्लेख गर्दै सरकारले त्यसको व्यवस्था मिलाउन ढिलाई गर्न नहुने बताए ।

सांसद राईले जनप्रतिनिधिको रुपमा आफूहरुलाई जनताले मलको व्यवस्था कहिले हुन्छ ? भनेर प्रश्न गरिरहेकोतर्फ पनि सरकारको गम्भीर ध्यानाकर्षण गराए ।

उनले भने, ‘मलको समेत व्यवस्था गर्न सक्दैन भने यो सरकारले देश र जनताको निम्ति के गर्न सक्छ भन्ने गम्भिर प्रश्न उठेको छ । म यति मात्रै भन्न चाहन्छु–यो मल कहाँ आइपुग्यो ? यो मल कहिले आईपुग्छ ? र, जनताले कहिले खेतीपाती गर्न पाउने व्यवस्था हुन्छ ? यसको जवाफ दिन म समामुखमार्फत यो सरकारलाई आग्रह गर्न चाहन्छु ।’

सांसद राईले बेलैमा मलको आवश्यक व्यवस्था मिलाउने काम नगरेको भन्दै सरकारप्रति आक्रोश समेत व्यक्त गरे ।

window.fbAsyncInit = function () {
FB.init({
appId: ‘280041239029772’,
xfbml: true,
version: ‘v2.7’
});
};

(function (d, s, id) {
var js, fjs = d.getElementsByTagName(s)[0];
if (d.getElementById(id)) {
return;
}
js = d.createElement(s);
js.id = id;
js.src = “https://connect.facebook.net/en_US/sdk.js”;
fjs.parentNode.insertBefore(js, fjs);
}(document, ‘script’, ‘facebook-jssdk’));

Source link

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -

Most Popular

Recent Comments