Monday, October 3, 2022

ग्रासरुटबाटै क्रिकेटको विकासमा सघाउन मेयर बालेन साह सकारात्मक

२९ जेठ, काठमाडौं । ग्रासरुटदेखि नै क्रिकेटको विकासका लागि सहयोग गर्न काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन) सकारात्मक देखिएका छन् । नेपाल क्रिकेट संघ (क्यान) का वृतान्त खनालले मेयर बालेनलाई भेट गर्दै नेपाली क्रिकेटलाई ग्रास रुटदेखि नै विकास गर्नुपर्ने विषयमा जानकारी गराएका थिए ।

खेलकुद रुची राख्ने मेयर बालेन पनि क्यानमा प्रस्तावमा सकारात्मक देखिएको र थप छलफल गरेर सहकार्य गर्ने महाप्रबन्धक वृतान्तले बताए । काठमाडौं महानगरको आर्थिक सहयोगमा क्यानले काठमाडौं मेयर कप क्रिकेट प्रतियोगिता गर्दै आएको छ । क्यान महाप्रवनध्क खनालले मेयर साहसँग तीन वटा प्रस्ताव बारे जानकारी गराएका थिए ।

‘पहिलो स्कुलदेखि नै क्रिकेट विकास गर्नका लागि हरेक स्कुलमा दुई नेटको व्यवस्था गर्ने, दोस्रो त्यही स्कुलमा क्रिकेट सिकेका खेलाडीहरु उत्कृष्ट छानेर मेयर कपमा आफ्नै टिम बनाउने र तेस्रो मैदानमा मेयर प्यारापिट बनाउन विषयमा छलफल भयो । यसमा उहाँ सकरात्मक देखिनुभा’छ ।’ खनालले भने, ‘अब यसका लागि प्याब्सन र एनप्याब्सनसँग छलफल गरेपछि यस काम अघि बढाउने छौँ ।’

पहिला नीतिगत काम गरेपछि अनी मैदानमा उत्रने गरी काम गर्ने योजना रहेको खनालले बताए ।

window.fbAsyncInit = function () {
FB.init({
appId: ‘280041239029772’,
xfbml: true,
version: ‘v2.7’
});
};

(function (d, s, id) {
var js, fjs = d.getElementsByTagName(s)[0];
if (d.getElementById(id)) {
return;
}
js = d.createElement(s);
js.id = id;
js.src = “https://connect.facebook.net/en_US/sdk.js”;
fjs.parentNode.insertBefore(js, fjs);
}(document, ‘script’, ‘facebook-jssdk’));

Source link

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -

Most Popular

Recent Comments