Tuesday, October 4, 2022

काठमाडौं-४ बाट चुनाव लड्ने हेम बोम्जनको घोषणा – Online Khabar

२९ जेठ, काठमाडौं । काठमाडौं महानगरपालिका-११ कपनका हेम बोम्जनले काठमाडौं निर्वाचन क्षेत्र नम्बर ४ बाट संघीय सांसदमा स्वतन्त्र उम्मेदवारी दिने घोषणा गरेका छन् । क्षेत्र न ४ बाट ४१ हजार ७६७ प्राप्त मत गर्ने उनको दाबी छ ।

भारतमा कृषिको अध्ययन गरेर आएका ३४ वर्षीय बोम्जोन चुनाव जितेको खण्डमा कृषि क्षेत्रलाई मुख्य प्राथमिकता राखेर आफ्नो काम गर्ने बताउँछन् ।

उनी आफूलाई कृषि क्षेत्रमा खोज अनुसन्धान गर्दै आएको भन्न रुचाउँछन् । बोम्जोनले उम्मेदवारी घोषणा गरेको निर्वाचन क्षेत्रबाट यसअघिको चुनावमा नेपाली कांग्रेस महामन्त्री गगन थापा निर्वाचित भएका थिए ।

कृषिमा मुलुकलाई आत्मनिर्भर गराउँदै परनिर्भर अन्त्य गर्ने उनको पहिलो एजेण्डा छ । भ्रष्टाचारलाई निर्मुल पार्ने पनि उनको एजेण्डा छ ।

निर्वाचित भएको खण्डमा अमेरिकी सहयोग सम्बन्धी सम्झौता एमसीसीलाई पुर्ण रुपले बहिष्कार गर्न पहल गर्ने दृढता छ ।

‘संसदभित्रको दलाल पहिचान गरी सडकमा ल्याउन, अन्र्तराष्ट्रिय माफियालाई परास्त गर्दै भौगोलिक कृषि क्रान्ति गर्ने’ बोम्जनको चुनावी एजेण्डा छ ।

window.fbAsyncInit = function () {
FB.init({
appId: ‘280041239029772’,
xfbml: true,
version: ‘v2.7’
});
};

(function (d, s, id) {
var js, fjs = d.getElementsByTagName(s)[0];
if (d.getElementById(id)) {
return;
}
js = d.createElement(s);
js.id = id;
js.src = “https://connect.facebook.net/en_US/sdk.js”;
fjs.parentNode.insertBefore(js, fjs);
}(document, ‘script’, ‘facebook-jssdk’));

Source link

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -

Most Popular

Recent Comments