Monday, October 3, 2022

वीरगञ्जको बसडिल्वाको माटोमा अम्लियपना बढी, कृषि चुन छर्न विज्ञको सुझाव

२८ जेठ, वीरगञ्ज । वीरगञ्ज महानगरपालिका-२९ बसडिल्वाका लालबाबुप्रसाद यादवले धानबाली लगाउनुअघि यसपालि माटो परीक्षण गराए । गाउँमै ‘माटो नमुना जाँच परीक्षण शिविर’ आएको मौका छोपेर उनले माटो परीक्षण गरेका थिए ।

धान लगाउने माटो परीक्षण गराउँदा माटो दोमट रहेको, पिएच भ्यालु ५.१ देखियो । माटो विज्ञले द्ुई वर्ष लगातार प्रतिकठ्ठा ६८ किलो चुन हाल्न सुझाव दिए । युरिया ७.६, डिएपी ३ र पोटास २.२ किलो प्रतिकठ्ठा र कम्पोष्ट मल २ सय किलो प्रतिकठ्ठा हाल्न विज्ञले सुझाए । उनी विज्ञको सुझाव अनुसार नै अघि बढ्ने अठोट लिएर फर्किए ।

बसडिल्वाकै जगदिश रामले पनि धानबाली लगाउने खेतका माटो जाँच गराए । पिएच भ्यालु ४.९ देखियो । माटो विज्ञले १५० किलो प्रतिकठ्ठा कृषि चुन, युरिया ६.७, डिएपी १.५ किलो र पोटास २.२ किलो प्रतिकठ्ठार कम्पोष्ट मल २ सय किलो प्रतिकठ्ठा हाल्न सिफारिस गरेका छन् ।

वीरगञ्ज-२९ बसडिल्वामा राष्ट्रिय खाद्यान्न बाली मिसन कार्यक्रम अन्र्तगत ‘गहुँ उत्पादन प्रवर्द्धन’ कार्यक्रम सञ्चालनमा छ । सोही कार्यक्रमअन्तर्गत वीरगञ्ज महानगरपालिकाको कृषि तथा पशुपंक्षी व्यवसाय प्रवर्द्धन शाखाले जेठ २४ गते ‘माटो जाँच परीक्षण शिविर’ राखेको थियो ।

कार्यक्रममा आवद्ध ५० जना किसानको माटो परीक्षण गर्ने उद्देश्य राखिएको थियो । मधेश प्रदेशको माटो तथा मल परीक्षण प्रयोगशाला राजविराज सप्तरीबाट माटो विज्ञसहितको प्राविधिक टोली बोलाइएको थियो ।

तर माटो परीक्षण शिविर सञ्चालन हुने जानकारी पाएपछि बसडिल्वा र मुसैलीका थुप्रै किसान शिविरमा माटोको नमुना बोकेर आइपुगे । त्यसपछि ११९ जना किसानको माटो परीक्षण गरिएको र माटो सुधारका उपायसमेत बताइएको कृषि तथा पशुपंक्षी व्यवसाय प्रवर्द्धन शाखा प्रमुख उर्मिला श्रेष्ठ बताउँछिन् । ‘माटोको नमुना परीक्षण गरेर पिएच भ्यालु, नाइट्रोजन, फस्फोरस र पोटासको मात्रा निकाल्यौं,’ उनले भनिन् ।

वीरगञ्ज महानगरका किसानले शाखासँग समन्वय गरेर माटो परीक्षण गराउन सक्ने शाखाका प्राविधिक सहायक ओम प्रकाश राम बताउँछन् ।

माटो विज्ञका अनुसार पीएच भ्यालुको नाप १ देखि १४ सम्म हुन्छ । खाद्य बालीका लागि ६.५ देखि ७.५ सम्म हुँदा राम्रो मानिन्छ । ६.४ देखि तल भयो भने माटोमा अम्लियपना बढी हुन्छ भने ७.६ देखि माथि १४ सम्म छारियपना बढी हुन्छ ।

वीरगञ्जमा गरिएको माटो परीक्षणका क्रममा ७० प्रतिशत माटोमा अम्लियपना देखिएको माटो विज्ञ एवं माटो तथा मल परीक्षण प्रयोगशाला राजविराज, सप्तरीका निमित्त प्रयोगशाला प्रमुख सु्निलकुमार सिंहले जानकारी दिए ।

‘११९ वटा नमुना परीक्षण गर्दा ७० प्रतिशतमा अम्लियपना देखिएको छ । माटोमा अम्लियपन छ भने बिरुवाले माटोमा भएको खाद्यतत्व लिन सक्दैन । त्यसले गर्दा लक्षित उत्पादन लिन सकिन्न भन्ने संकेत गर्छ’ उनले भने, ‘रासायनिक मल -डिएपी, युरिया, पोटास) जति हालेपनि अम्लियपनामा सुधार नभएसम्म बिरुवाले लिन सक्दैन । त्यसैले कृषि चुन छरेर माटोको उपचार गर्न किसानलाई सुझाव दिएका छौं ।’

किन गर्ने माटो परीक्षण ?

बिरुवाको लागि आवश्यक खाद्यतत्वहरू माटोमा आवश्यक मात्रा भएमा बाली बिरूवाको वृद्धि राम्रो भई उत्पादन बढी हुन्छ भने नपुग भएमा उत्पादन कम हुन्छ । त्यसैले, कुनै पनि बाली लगाउनुभन्दा पहिले त्यस ठाँउको माटोमा कुन कुन खाद्यतत्वहरू कति कति मात्रामा छन् ? माटोको भौतिक बनोट कस्तो छ ? भन्ने कुराको ज्ञान हुनु नितान्त आवश्यक छ ।

जसले गर्दा लगाइने बालीको लागि कति मलखादको प्रयोग गर्नुपर्दछ ? भन्ने कुराको जानकारी गराँउछ । यसका साथै माटोमा बाली बिरूवाको लागि आवश्यक खाद्यतत्वहरू पर्याप्त मात्रामा भएता पनि माटोमा हुने विभिन्न समस्याहरूले गर्दा बालीको उत्पादन घट्न जान्छ । त्यसको बारेमा जानकारी लिनका लागि माटो परीक्षण गर्नुपर्छ । एक पटक माटो परीक्षण गरिसकेपछि बढीमा ३ बालीसम्मका लागि काम गर्छ ।

बाली लगाउन भन्दा पहिले माटोमा कुन कुन खाद्यतत्वहरूको मात्रा कति छन् कुन बालीको लागि कुन मल कति प्रयोग गर्नुपर्दछ ? माटोमा के समस्याहरू छन् ? इत्यादि कुराहरूको जानकारी लिने एक मात्र उपाय माटो परीक्षण नै भएको माटो विज्ञ सिंहले बताए ।

माटो परीक्षणका फाइदाहरू

  • माटोमा बाली विरुवाको लागि आवश्यक पर्ने खाद्यतत्वहरू (पोषक तत्वहरु)को अवस्था थाहा पाउन सकिन्छ ।
  • माटो परीक्षण नतिजाको आधारमा कुन बालीका लागि कुन मल र कति मात्रामा प्रयोग गर्नु पर्दछ भन्ने जानकारी हुन्छ ।
  • माटो परीक्षण नतिजाको आधारमा आवश्यक पर्ने मल चाहिने मात्रामा मात्रै प्रयोग गरिने भएकोले अनावश्यक मलखादको प्रयोगमा कमी हुन्छ जसबाट उत्पादन लगानीमा कमी आउनाका साथै कृषि कर्मबाट वातावरणमा हुने प्रदूषणबाट बचाउँछ ।
  • माटोमा रहेका विभिन्न समस्याहरुको पहिचान भई समाधान गर्न अनुकुल हुन्छ साथै यसले बालीहरुको उत्पादन वृद्घमिा टेवा पुर्‍याउँछ ।

window.fbAsyncInit = function () {
FB.init({
appId: ‘280041239029772’,
xfbml: true,
version: ‘v2.7’
});
};

(function (d, s, id) {
var js, fjs = d.getElementsByTagName(s)[0];
if (d.getElementById(id)) {
return;
}
js = d.createElement(s);
js.id = id;
js.src = “https://connect.facebook.net/en_US/sdk.js”;
fjs.parentNode.insertBefore(js, fjs);
}(document, ‘script’, ‘facebook-jssdk’));

Source link

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -

Most Popular

Recent Comments