Saturday, October 1, 2022

मुगुमा एक महिनापछि पुग्यो पाठ्यपुस्तक – Online Khabar

२८ जेठ, मुगु  । जिल्लामा विद्यालय संचालन भएको करिब महिनापछि पाठयपुस्तक आइपुगेको छ ।

गत जेठ १ गते देखि विद्यालयमा पठनपाठन सुरु गरिए पनि पाठयपुस्तक अभावमा अध्यन अध्यापन प्रभावित भएको थियो ।

छायाँनाथ रारा नगरपालिकाअन्तर्गत ४४ वटा सामुदायिक विद्यालयका लागि ढुवानीको जिम्मा लिएको जयलक्ष्मी पुस्तक भण्डारले शुक्रबार पुस्तक गमगढीमा पुर्‍याएको छ ।

प्रादेशीक राजधानी सुर्खेत पाठयपुस्तक बिक्री डिपोबाट ढुवानी गरी गमगढीमा ल्याएको हो।

जिम्मा लगेको सबै पुस्तक ढुवानी गरिसकेपछि सामुदायिक विद्यालयलाई वितरण गरिने पुस्तक बिक्रेता जयलक्ष्मी भामले बताए ।

पुस्तक ढुवानीको निम्ति सम्बन्धित निकायलाई पटक पटक  ताकेता गरेपछि शुक्रबार गमगढी बजारमा नयाँ पुस्तक पुगेको छायाँनाथ रारा नगरपालिकाका प्रमुख विष्णु कुमार भामले बताए ।

जिल्लाको सोरु, खत्याड र मुगुम कार्मारोङ गाउँपालिकामा जिम्मा लगेका पुस्तक बिक्रेताले छिट्टै पालिकास्तरमा पुस्तक पुर्‍याएर वितरण सुरु हुने जिल्ला शिक्षा विकास समन्वय इकाइ कार्यालयले जनाएको छ ।

window.fbAsyncInit = function () {
FB.init({
appId: ‘280041239029772’,
xfbml: true,
version: ‘v2.7’
});
};

(function (d, s, id) {
var js, fjs = d.getElementsByTagName(s)[0];
if (d.getElementById(id)) {
return;
}
js = d.createElement(s);
js.id = id;
js.src = “https://connect.facebook.net/en_US/sdk.js”;
fjs.parentNode.insertBefore(js, fjs);
}(document, ‘script’, ‘facebook-jssdk’));

Source link

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -

Most Popular

Recent Comments